प्रधानमन्त्री प्रचण्ड र बाबुरामविरुद्ध सर्वाेच्चमा रिट दर्ता, मंगलबार पेसी तोकियाे

Uncategorized
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ- प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र तत्कालीन माओवादी नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दा चलाएर कारबाही गर्न माग गरिएको रिट निवेदन सर्वाेच्च अदालतमा दर्ता भएको छ ।

पूर्व बाल लडाकू लेलिन विष्टसमेतले दिएको रिट निवेदनलाई आइतबार सर्वाेच्च अदालतले दर्ता गरेको हो । गत शुक्रबार रिट निवेदनलाई दरपीठ गर्ने आफ्नै प्रशासनको निर्णय खारेज गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले रिट दर्ता गर्न आदेश दिएको थियो । सोही आदेशअनुसार आइतबार रिट दर्ता गरिएको निवेदक विष्टले जानकारी दिए ।

नाबालकलाई तत्कालीन माओवादीले बालसेनाका रूपमा प्रयोग गरेर युद्ध अपराध गरेको दाबी गर्दै रिट निवेदनमा प्रचण्ड र भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दा दर्ता गरी कारबाही गर्नुपर्ने माग गरिएको छ । साथै प्रधानमन्त्रीबाट प्रचण्डलाई निलम्बन गरिनुपर्ने माग गरिएको छ ।

आइतबार दर्ता भएको उक्त रिटमाथि मंगलबारका लागि पेसी तोकिएको छ ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *