रेशम चौधरीको ‘कस्तो होला भाटु राजाको दरबार

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं २६ जेठ । टिकटकमा अत्यधिक रुचाईएको गीत ‘कस्तो होला भाटु राजाको दरबार’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । रेशम चौधरी र आभा मुकारुङको स्वर कैद गरिएको गीतको संगीत सिर्जना रेशम चौधरी आफैले गरेका हुन् भने शब्द रामचन्द्र बोगटीको रहेको छ । थारु समुदायभित्रको रहन सहन, कला सँस्कृतिलाई झल्काउन खोजिएको भिडियोमा राज गजमेर, अस्मिता तामाङ, अञ्जल श्रेष्ठ आदिको अभिनय रहेको छ । सविना भण्डारी र दिनेश एसकेको कोरियाग्राफी, श्याम लामाले खिचेको भिडियोका निर्देशम सागर क्षेत्री हुन् । केन्द्र मोशन पिक्चर्सले सार्वजनिक गरेको भिडियोका निर्माता कुमार कार्की हुन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *