अमृताको ‘खोई त मेरो कुरा बुझेको’ सार्वजनिक

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । गायिका तथा मोडल अमृता लिम्बूको नयाँगीतको भिडियो सार्वजनिक भएको छ । गायिका अमृतासँगै शायल हेल्लोक लिम्बूको युगल स्वर रहेको ‘खोई त मेरो कुरा बुझेको’ बोल गीतको यस भिडियो शुक्रबार युट्युबमार्फत सार्वजनिक गरिएको हो । गायिका अमृता विशेषगरी पुर्वेली फ्लेभरको आधुनिक गीतका लागि चर्चित छिन् । तर, यसपटक अमृताले यस अघिका आफ्ना गीतहरुभन्दा फरक स्वाद दर्शक तथा श्रोतालाई पस्कने प्रयास गरेकी छन् । पुर्वेली लोक लयमै तयार पारिएको भएपनि यस गीतलाई अमृता र शायलले फिल्मी शैलीमा गाएका छन् । गायनसँगै मोडलिङसमेत आएकी अमृताले विशेषगरी आफ्नो गीतको भिडियोमा मोडलिङ तथा अभिनयगर्दै आएकी छन् । तर, यस भिडियोमा भने उनले धित् खोलेर नाचेकी छन् ताकि, यस गीतको भिडियो मार्फत अमृताले आफूलाई नृत्यमा समेत अब्बल छन् । भिडियोमा अमृतासँग विनोद न्यौपानेले अनस्क्रिन रोमान्स गरेका छन् । भिडियोमा अमृता र विनोदको केमेष्ट्रि समेत जमेको छ । डिपी खनालको शब्द र शंकर थापा ‘स्माइल’को संगीत रहेको यस गीतको भिडियोलाई युवराज वाइबाले निर्देशन गरेकाहुन् । प्रमोद भण्डारीको कोरियोग्राफी रहेको यस भिडियोलाई निश्चल पौडेलले छायाँकन गरेकाहुन् भने सम्पादन विकास दाहालले गरेकाहुन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *