हाप्किडोमा काली बहादुर सर्वसम्मत पुन: अध्यक्षमा निर्वाचित

Uncategorized खेलकुद
खवर पाटी (खोज खबरको अभियान)

नेपाल हाप्किडो संघको अध्यक्षमा काली बहादुर घर्ती मगर पुन:निर्वाचित भएका छन् ।  भक्तपुरमा जारी नेपाल हाप्किडो संघको दोश्रो साधारण सभा तथा महाधिवेशनले घर्ती मगरलाई अधयक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । बालन कुमार श्रेष्ठ, सुस्मिता गुरुङ, दिब्यराज गुरुङ र तारा माया थापा उपाध्यक्षमा निर्वाचित भए । यसैगरि महासचिवमा इन्द्र बहादुर महरा, भुवन बुढा मगर उपमहासचिव, टिकाराम घर्ती मगर सचिव तथा पदमा खयरगोली उपसचिव र विजया कुमारी वाइबा कोषाध्यक्षमा सर्वसम्मत भए । सदस्यहरुमा मोहम्मद मोहसिन हलवाई, निम बहादुर खत्री क्षेत्री, रवि सुनार, खेम पुन र प्रेम कुमार लामा निर्वाचित भए ।  निर्वाचित पदाधिकारी तथा सदस्यलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का खेलकुद विकास विभागका प्रमुख मीन कुमार शर्माले शपथ ग्रहण गराए । कार्यक्रममा संघ-संस्था समन्वय शाखाका प्रमुख चन्द्र राई र प्रशासकीय अधिकृत ओमनाथ न्यौपाने, हाप्किडो संघका सात प्रदेशका प्रतिनिधि, पर्यबेक्षकहरुको उपस्थिति रहेको थियो । यस अघि संघले नेतृत्व विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम तथा टेक्निकल सेमिनार समेत आयोजना गरेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *