काठमाडौं । हालै अठार सय खोला बचत तथा ऋण सहकारी संस्था लि. ले चौधौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । गोंगबु काठमाडौंमा सम्पन्न सो साधारण सभाले संस्थाको संचालक समितिको तर्फबाट अध्यक्ष तारा गुरुङद्वारा प्रस्तुत आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन, आ.व. २०७८/०७९ को लेखा परिक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, आ.व. २०७९/०८० को प्रस्तावित बजेट सम्बन्ध, आ.व. २०७९/०८० को लेखा परिक्षक नियुक्ती तथा पारिश्रमिक तोक्ने सम्बन्ध, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनीधि चयन सम्बन्ध लगायत विषय उपर छलफल गरि आगामी आ.व. को लागि पारित गरेको छ ।
साधारण सभामा प्रस्तुत गरिएको वासलात हिसाब अनुसार चालु आ.व. मा संस्थाको चुक्ता शेयर पूँजी ३ करोड ७१ लाख २ हजार ५ सय रुपैयाँ, जगेडा तथा अन्य कोष १ करोड ८४ लाख ५८ हजार ३ सय ४० रुपैयाँ ३३ पैसा, निक्षेप दायित्व २३ करोड ४४ लाख ५७ हजार ५ सय ५१ रुपैयाँ ९४ पैसा, चालु दायित्व तथा व्यवस्था १ करोड ९९ लाख ५६ हजार ८ सय ९१ रुपैयाँ ३१ पैसा, जम्मा चालु दायित्व २५ करोड ४४ लाख १४ हजार ४ सय ४३ रुपैयाँ २५ पैसाको भएको छ भने चालु आ.व. मा संस्थाको जम्मा पूँजी तथा दायित्व ३० करोड ९९ लाख ७५ हजार २ सय ८३ रुपैयाँ ५८ पैसाको भएको छ । साधारण सभामा जानकारी गराइए अनुसार सो सहकारीले विशेष गरि कृषी र पर्यटन क्षेत्रमा लगानी गर्दै आइरहेको छ भने हाल संस्थामा ११ सय भन्दा बढी सदस्यहरु रहेका छन् । अन्य विविध कार्यक्रम गरि संस्थाकी अध्यक्ष तारा गुरुङको सभापतित्वमा साधारण सभा सम्पन्न भएको थियो ।
Facebook Comments Box