अंकुर बचतको पन्ध्रौं साधारण सभा

प्रदेश ३
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । अंकुर बचत तथा ऋण सहकारी संस्था लि. ले हालै पन्ध्रौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । धुम्वाराही काठमाडौंमा सम्पन्न सो साधारण सभाले संस्थाको संचालक समितिको तर्फबाट अध्यक्ष राजन कुमार आचार्यद्वारा प्रस्तुत आ.व. २०७८/०७९ को वार्षिक प्रतिबेदन, लेखा समितिको प्रतिबेदन, आगामी आ.व. २०७९/०८० को लागि लेखा परिक्षक नियुक्ती तथा पारिश्रमिक तोक्ने सम्बन्ध, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनीधि चयन लगायत विषय उपर छलफल गरि आगामी आ.व. को लागि पारित गरेको छ ।

साधारण सभामा प्रस्तुत गरिएको वासलात हिसाब अनुसार चालु आ.व. मा संस्थाको शेयर पूँजी २ करोड १६ लाख ९६ हजार ५ सय रुपैयाँ, ऋण नोक्सानी कोष व्यवस्था ५५ लाख ६१ हजार १ सय ६ रुपैयाँ ९६ पैसा, जगेडा कोष ५३ लाख ८ सय ५६ रुपैयाँ ९६ पैसा, अन्य कोष ९३ लाख ७६ हजार ९ सय १८ रुपैयाँ ७३ पैसा, बचत ९ करोड १० लाख ८९ हजार २ सय ३५ रुपैयाँ २४ पैसा, भुक्तानी दिनुपर्ने हिसाब ७ लाख ६१ हजार ८ सय ९७ रुपैयाँ ६३ पैसाको भएको छ भने चालु आ.व. मा संस्थाको जम्मा करोबार १३ करोड ३७ लाख ८६ हजार ५ सय १५ रुपैयाँ ५२ पैसाको भएको छ । साधारण सभा अन्य विविध कार्यक्रमको साथमा सम्पन्न भएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *