काठमाण्डौं । राजधानीको मुटु थहिटीमा रहेको शान्ति शिक्षा मन्दिर माध्यमिक विद्यालयमा अध्ययनरत छात्र छात्रालाई निरन्तर विकास संघ नेपालले एक सय २४ थान स्कुले झोला उपलब्ध गरेको छ । एक कार्यक्रमका बीच निरन्तर विकास संघ–नेपालका संस्थापक अध्यक्ष दिनेशदास श्रेष्ठ विद्यालयका प्रधानाध्यापक सुदाम गौतम, जेष्ठ नागरीक केशव शाक्य, विशेष अतिथी राम गोपाल कक्षपति सहितका व्यक्तित्वहरुले छात्रछात्राहरुलाई स्कुले झोला वितरण गर्नु भएको थियो । सो कार्यक्रमका प्रमुख अतिथि तथा संघका अध्यक्ष दिनेश दास श्रेष्ठले आफ्नो शरिरमा एक थोपा रगत छउन्जेल समाजसेवामा सक्रिय रहने प्रण गर्नु भयो । उहाँले सामाजिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने उद्देश्यले आफुहरुले निरन्तर विकास संघ–नेपाल स्थापना गरेको स्पष्ट पार्नु भयो ।
मजदुर, दलित, जनजाती, असाह, पीडित, अपाङ्ग, पिछडिएका वर्गलाई सहयोग पु¥याउने उद्देश्यले यस संघले विभिन्न कार्यक्रम गर्दै आएको र यो कार्यक्रम निरन्तर रुपमा अघि बढ्ने श्रेष्ठले बताउनु भयो । साथै काठमाण्डौंका अन्य सरकारी विद्यालयलाई समेत यसै गरी सहयोग जारी राख्ने संस्थापक अध्यक्ष श्रेष्ठले उल्लेख गर्नु भयो । कार्यक्रमका सभापति एवं यस विद्यालयका प्रधानाध्यापक सुदाम गौतमले आफ्नो स्कुललाई यसरी झोला सहयोग गरेकोमा निरन्तर विकास संघ–नेपाललाई धन्यवाद व्यक्त गर्नु भयो । कार्यक्रममा विशेष अतिथी तथा विद्यालयका सहायक प्रधानाध्यापक सुदिप श्रेष्ठले निरन्तर विकास संघ–नेपालका संस्थापक अध्यक्ष दिनेशदास श्रेष्ठ यसै गरी समाजसेवामा सक्रिय रहने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा पत्रकार राम खड्काले निरन्तर विकास संघ नेपाल सहयोगी संस्थाको रुपमा स्थापित भएको बताउनुभयो ।
सो कार्यक्रमको स्वागत निरन्तर विकास संघ नेपालकी केन्द्रिय सदस्य इन्दु हिमालयले गर्नु भएको थियो ।