कर्णालीका शाही नेपाल जेसीजकाे अध्यक्ष पदमा उम्मेदवारी दर्ता

प्रदेश ३
खवर पाटी (खोज खबरको अभियान)

नेपाल जेसीज २०२४ का लागि कर्णाली जेसीजका संस्थापक अध्यक्ष अनिल बहादुर शाहीले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । कर्णाली जेसीजका संस्थापक अध्यक्ष शाहीले नेपाल जेसीज सचिवालयमा अध्यक्ष पदका लागि उम्मेदवारी घाेषणा गरेका हुन् । युवा जाेश जागरले भरिएका शाही कर्णाली प्रदेशवाट नेतृत्व गर्दै जेसीजमा महत्त्वपूर्ण याेगदान दिदै आईरहेका छन् । शाही २००७ वाट जेसीज यात्रा आरम्भ गर्दै २०१२/२०१३ मा कर्णाली जेसीजकाे संस्थापक अध्यक्ष भईसकेका छन् । शाही विगत कर्णालीबाट सक्षम युवाकाे रूपमा उदायका एक पात्र हुन् । शाही कर्णाली जेसीजवाट २०१५ मा राष्ट्रिय उपाध्यक्ष,२०१८ मा तालिम आयुक्त,२०२२ मा राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जस्ता पदमा निर्वाचित भईसकेका छन् । उम्मेदवारी दर्ता गराए संगै शाहीले समग्र जेसीजकाे रूपान्तर र युवाहरूकाे नेतृत्व र व्यक्तित्व विकासमा नयाँ पन दिदै देशै भरिका युवाहरूलाई जेसीजका माध्यमवाट सकारात्मक र रचनात्मक दिशा काेर्ने बताए । शाही सहित ४ जना अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता भएकाे छ । राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा ४ पदका लागि १३ जना र राष्ट्रिय उपाध्यक्ष १२ पदका लागि २२ जनाकाे मनाेनयन दर्ता भएकाे नेपाल जेसीजले जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *