बिश्वमणि घिमिरे
नेपाली राजनीतिकमा एमाले र काङ्ग्रेसले देखाएको परिपक्वता देश र जनताको हितमा सकारात्मक छ । यो मुल धारका दुई ठुला पार्टीले अस्थिर राजनिती माथी स्थाइत्व कायम गर्न देखाएको परिपक्वताको उदाहरणिय रणनीतिक कार्य पनि हो। यस्लाइ राजनितीक धर्म भन्दा फरक नपर्ला । बर्तमान राजनीति प्रति जनतामाझ फैलाइएको बितृष्णा सबै भन्दा बडि प्रचण्डका कारण जिम्मेवार देखिन्छ। माधव नेपालको अहंकारका कारण सहमति बिपरित प्रचण्डलाई प्रधानमन्त्री र बिधान बिपरित स्वएम आफै पार्टी अध्यक्ष बन्ने होडमा आफ्नै पार्टीको बहुमतको सरकार गिराउन प्रचण्डको बलिको बोका बन्दै जनताले दिएको बहुमतको अपमान गर्न समेत पछि परेनन । जनताले दिएको देश बनाउने म्याण्डेटलाई आत्मासाथ गर्दै जनमुखी काम गरदै गरेका प्रधानमन्त्री केपि ओलिलाई देशी बिदेशी शक्ति प्रयोग गर्दै जति सक्दो चाडो हटाउनु नै सर्वपरि बिजय ठान्ने प्रचण्ड माधव प्रवृत्ति नै आजको राजनीतिक अस्थिरताको प्रमुख जड हो । तात्कालिन समयमा प्रचण्डको भ्रामक भाष्यबाट असर नदेखिएता पनि अहिले सबै भन्दा बडि जनमानसमा अस्थिरताको नकारात्मक पराकाष्ठाको शिकार भएका छन प्रचण्ड । अस्थिर चरित्रका कारण करिब करिब समाप्तिको मार्ग तिर छन प्रचण्ड तर उनी यस्लाइ स्विकार्दैनन । पार्टि बन्न नपाउदै, आन्दोलनमै समाप्त भएको अधुरो शक्ति हो माओवादी। माओवादीले चुनवाङ्गको बैठकबाटै जनबादी गणतन्त्र परित्याग गरेर लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा अबलम्बन गर्नु नै वास्तविक प्रतिगमन हो। यो यथार्थलाई ढाक छोप गर्दै आफुलाइ अग्रगमनको हिमयती भन्ने प्रचण्ड र तिनका पिछलग्गुहरुले भ्रम पुर्ण खडा गरिएको भाष्य बाट मुक्त हुनै पर्छ ।
सत्ता र शक्तिलाई आवाश्यक भन्दा बडि दुरुपयोग गरेर जिर्ण भएको प्रचण्डको भौतिक स्वरुप हो पुष्पकमल दाहाल । माओवादी जनयुद्धलाई नेपाली जनताले यति धेरै साथ,सहयोग र सम्मान गर्दा गर्दै पनि स्वयं नेतृत्वद्वारा बेवास्ता गर्नुले जनयुद्ध र तमाम जनताको अपमान भएको घाम झै छर्लङ्ग छ । सत्ता र शक्तिको लागि सैद्धान्तिक बैचारिक धरातलको भिन्नतालाई कुनै हेक्का नराखि राजनीतिक प्राण धान्न कहिले को सग, कहिलेको सग, लजास्पद ढंगले अप्रासंगिक गठबन्धन गरेर सत्तामा पुग्ने,कहिले कस्लाइ गिजोल्ने, कहिले कस्लाइ जगेल्टाउने बाहेक कुनैपनि जनपक्षीय सिर्जनशील कार्यहरू देश र जनताको पक्षमा भएनन । केवल भ्रम छर्ने काम मात्र भयो । जनयुद्धका सहिदहरुको दुहाइमा ब्रम्हलुट,नातावादमा लम्पट,सत्ता शक्तिको दुरुपयोग गर्दै तस्करि र भ्रष्टाचारमा अब्बललाई मन्त्री पद देखि राजनितीक,सामाजिक,धार्मिक मुल्य मान्यताको मर्यादा माथी शक्ति केन्द्रहरुको आडमा नेपाली सस्कृतीमाथी विभिन्न बहाना बाजिमा पटक पटक प्रहार गरियो। यस्ले झनै नेपालीहरुको आस्थामाथी चोट पुग्यो।जनतामा अप्रत्याशित निरासाको कालो बादल मडारियो ।सत्ता र शक्तिको चास्निमा प्रचण्डले जनयुद्धको धङधङीलाई डुबुल्क्याउदै सधै बार्गेनिङ र माधव नेपालको कुष्ठा पोषित राजनीतिले नेपालमा बामपंथी आन्दोलन नै समाप्ति तर्फ उन्मुख भयो। कम्युनिस्ट प्रतिको बिश्वास नागरिकमा ओझेल पर्दै गए । निष्ठावान बामपंथीहरु जिब्रो टोक्ने अवस्थामा आइपुगे । फलस्वरूप नागरिकमा कम्युनिस्ट प्रति अझ भनौ नेपाली राजनीति प्रतिनै बितृष्णाको ज्वाला फैलदै गयो । अन्ततः प्रचण्ड माधव प्रवृत्ति जनतामा यत्र तत्र सर्वत्र दुर्गन्धित हुँदै गएपछि एमाले कब्जा गर्ने अझै झिनो आसा सहित तात्कालिक नेतृत्व ओलि प्रती गलत दस्ताबेजिकरण गरि भ्रामक प्रचार गरियो। बेइमानी पुर्ण ढङ्गले गरिएको कपटपूर्ण राजनीतिमा सत्ता लोलुप्ताको पराकाष्ठामा लिप्त प्रचण्डलाई जनताले सच्चिने मौका समेत नदिइ सकिने अवस्थामा पुर्याएका छन। यो अवस्था प्रचण्डलाई स्पष्ट थाहा थियो । तर पनि आफू सुध्रिनु भन्दा पनि भावनात्मक रुवाबासी गर्दै होसन हवासमा प्रस्तुत हुने यिनको बानिले पुनः सिमित झुन्डलाई झुक्याउन सफल भयो। माओवादीबाट प्राप्त उपलब्धिको रक्षा नहुने निश्चित प्रायः भएकाले,यो परिस्थितिको उदय भएको धुर्व सत्य हो।
एमाले र काङ्ग्रेसले राजनीतिक परिपक्वता देखाउनुले जनतामा केही राहत भने अवस्य महशुस भएको छ । दुई ठुला दलले आफुलाइ अवल्ल र परिपक्व भएको एकपटक पुन साबित गर्दिएका छ्न । माओवादीलाई केही समय सत्ता प्रयोग गर्न दिएर, जनता सामु नङाइदिएका छन। यो मुलधारे पार्टीहरुको पारङत प्रवृत्ति हो । जन चाहना बमोजिम प्राप्त उपलब्धिलाई सुरक्षीत एवं समय सापेक्ष सस्थागत गर्दै लोकतान्त्रिक ब्यवस्थालाइ थप मजबुत बनाउने जिम्मेवारी सहितको मुलधारेहरुका गठबन्धन लाई केही समय भने सकारात्मक दृस्ठि कोणले हेर्नै पर्ने हुन्छ,अन्यथा विकल्प पनि त छैन । यो गठबन्धनले राजनीतिक अस्थिरता र जातीय राजनीतिलाई सदाको लागि निर्मुल पार्ने छ भन्ने बिश्वासका किरणहरु लोकमा देखा परेका छन । यो ठुला दुई दलहरु लाई सुन्दर मौका पनी हो । मौका आउँछ पर्खदैन भन्ने उक्ति झै चुनौती सहित आएको मौकालाई देश र जनताको पक्षमा माहोल खडा गरि अघि बडेमा स-साना दलहरुको दोकान सदाको लागि बन्द हुनेछ ।