काठमाडौं । ओमकार शक्ति नेपालले अबको देशको अवस्था दिन प्रतिदिन गम्भीर बन्दै गएकोले राजा र जनता मिलेर अघि बढ्नु पर्ने अवस्था आएको औंल्याएको छ । एक विज्ञप्ति प्रकाशित गर्दै उक्त संस्थाले राष्ट्रको मूल नीतिलाई समेत पूर्वराजाबाट नागरिक अभिनन्दनमा व्यक्त भएका सन्देशहरु मनन योग्य रहेको उल्लेख गरिएको छ । ओमकार शक्ति नेपालका प्रमुख दिनेश कँडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ -अब अबेर नगरी आम नेपाली आमाबुवा दाजुभाई दीदी बहिनी युवा युवती सवैले वर्तमानदेखि इतिहासका पाना पल्टाएर प्रत्येक राष्ट्रवादी नेपालीले आफुले अफैलाई सत्यको प्रश्न गर्नुपर्ने अन्तिम अवस्थामा आईपुगेको अवस्थामा जो धर्मको रक्षामार्फत राष्ट्रको रक्षागर्दै देश र जनताको बृहत्तर हित र राष्ट्र समुन्नतीकालागि राजा र प्रजामिलेर सनातनधर्ममा आधारित राज्य संचालन गर्न मौसूफ सरकारको नेतृत्वमार्फत देशलाई अगाडी बढाउन नितान्त आवश्यकता भएको हुदाँ यस धारणा प्रति समग्र देशवासीलाई एकाकार मै राजा, सनातनधर्म र गौरवपूर्ण राष्ट्रिय झण्डामुनि एकाकार हुन कारशक्ति नेपाल हार्दिक अपिल गर्दछ ।
Facebook Comments Box