एमालेको नाराबाजीपछि संसद् बैठक स्थगित

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि संसद बैठक २० मिनेटका लागि स्थगित भएको छ । पशुपतिको जलारीमा भ्रष्टाचार गरेको आरोप लगाएपछि एमालेले संसदमा नाराबाजी गरेको थियो ।

एमाले सांसदले पशुपतिको जलारीमा कुनै पनि भ्रष्टाचार नभएको जिकिर गरेका छन् । सभामुख देवराज घिमिरेले सांसदहरूलाई आआफ्नो सिटमा बस्न आग्रह गरे पनि उनीहरूले मानेनन् । शुक्रबारको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिने कार्यक्रम तोकिएको छ ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *