संकटा बचतको तेइसौं वार्षिक साधारण सभा सम्पन्न

प्रदेश ३
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । संकटा बचत तथा ऋण सहकारी संस्था लि. ले हालै तेइसौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । खुशिबु काठमाडौंमा सम्पन्न सो साधारण सभाले संस्थाको संचालक समितिको तर्फबाट संस्थाका अध्यक्ष उत्तम बहादुर सिंहद्वारा प्रस्तुत आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन, लेखा समितिद्वारा प्रस्तुत प्रतिवेदन, आ.व. २०७८/०७९ को लेखा परिक्षण प्रतिवेदन, आ.व. २०७९/०८० को अनुमानित बजेट तथा कार्यक्रम सम्बन्ध, आ.व. २०७९/०८० को लेखा परिक्षक नियुक्ती तथा पारिश्रमिक तोक्ने सम्बन्ध, संस्थाले विभिन्न मितिमा गरेको निर्णय अनुमोदन सम्बन्ध, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनीधि चयन लगायत विषय उपर छलफल गरि आगामी आ.व. को लागि पारित गरेको छ ।

साधारण सभामा प्रस्तुत गरिएको वासलात हिसाब अनुसार चालु आ.व. मा संस्थाको पूँजी तथा दायित्व तर्फ शेयर पूँजी ४ करोड ९४ लाख ४ हजार रुपैयाँ, जगेडा कोष १ करोड ११ लाख ९६ हजार ८ सय २९ रुपैयाँ ७६ पैसा, अन्य कोषहरु १ करोड ५१ लाख ७३ हजार ९ सय ५९ रुपैयाँ ९० पैसा, निक्षेप तथा सापटी दायित्व १ अर्ब ७६ करोड ४८ लाख ८ हजार ९ सय २० रुपैयाँ ६ पैसा, अन्य दायित्व ५० लाख ६३ हजार ४ सय ९७ रुपैयाँ ५९ पैसाको भएको छ भने चालु आ.व. मा संस्थाको कूल दायित्व १ अर्ब ८४ करोड ५६ लाख ४७ हजार २ सय ७ रुपैयाँ ३१ पैसाको भएको छ । त्यसैगरि संस्थाको सम्पती तर्फ नगद मौज्दात ४० लाख ३० हजार ८ सय ४१ रुपैयाँ २९ पैसा, बैंक तथा वित्तिय संस्थामा रहेको मौज्दात १० करोड ६६ लाख ४४ हजार ६५ रुपैयाँ ३८ पैसा, अन्य लगानी १ करोड ६० लाख १७ हजार ४ सय रुपैयाँ, कर्जा लगानी १ अर्ब ६७ करोड ९१ लाख ३२ हजार ६ सय ३९ रुपैयाँ ७० पैसा, स्थिर सम्पती २ करोड १३ लाख २९ हजार ७ सय ६१ रुपैयाँ २३ पैसा र अन्य सम्पती १ करोड ८४ लाख ९२ हजार ४ सय ९९ रुपैयाँ ७१ पैसाको भएको छ । साधारण सभा अन्य विविध कार्यक्रमको साथ संस्थाका अध्यक्ष उत्तम बहादुर सिंहको सभापतित्वमा सम्पन्न भएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *