अग्रज बहुउद्देश्यीयको साधारण सभा

अर्थ
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । अग्रज बहुउद्देश्यीय सहकारी संस्था लि. ले हालै चौधौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । नयाँबजार काठमाडौंमा सम्पन्न सो साधारण सभाले संस्थाको संचालक समितिको तर्फबाट अध्यक्ष विनय कुमार पौडेलद्वारा प्रस्तुत आ.व. २०७८/०७९ को संस्थाको वार्षिक प्रतिबेदन, आ.व. २०७८/०७९ को वासलात नाफा नोक्सान, वाँडफाँड एवं नगद प्रवाह विवरण सम्बन्ध, आ.व. २०७८/०७९ को लेखा सुपरिवेक्षण समितिको प्रतिबेदन, संचालक समितिले गरेको निर्णय अनुमोदन सम्बन्ध, संचालक र लेखा समितिमा रिक्त रहेको पदपूर्ति सम्बन्ध विनियम संशोधन सम्बन्ध, आ.व. २०७९/०८० को लेखा परिक्षक नियुक्ति तथा पारिश्रमिक तोक्ने सम्बन्ध लगायत विषय उपर छलफल गरि आगामी आ.व. को लागि पारित गरेको छ ।

साधारण सभामा प्रस्तुत गरिएको वासलात हिसाब अनुसार चालु आ.व. मा संस्थाको शेयर चुक्ता पूँजी २ करोड ४६ लाख ३८ हजार १ सय रुपैयाँ, साधारण जगेडा कोष ३७ लाख ८७ हजार ५ सय १७ रुपैयाँ ६३ पैसा, अन्य जगेडाकोष ९ लाख ३ हजार ५ सय १९ रुपैयाँ ८६ पैसा, जोखिम व्यहोर्ने कोष ४७ लाख १७ हजार २ सय ३१ रुपैयाँ १८ पैसा, तिर्न बाँकी कर्जा (सापटी) २१ करोड ३१ लाख १८ हजार ६ सय २ रुपैयाँ ८५ पैसा, चालु दायित्व व्यवस्था १ करोड ५८ लाख २१ हजार ७ सय ३७ रुपैयाँ ४३ पैसाको भएको छ भने चालु आ.व. मा संस्थाको कूल पूँजी तथा दायित्व २८ करोड ९६ लाख ५ हजार २ सय ६९ रुपैयाँ ४९ पैसाको भएको छ । साथै अन्य विविध कार्यक्रमको साथमा साधारण सभा सम्पन्न भएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *