काठमाडौं । हालै एक वृहत कार्यक्रम गरि स्तम्भ बहुउद्देश्यीय सहकारी संस्था लि. ले चौधौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
ज्यापु प्रज्ञा भवन ललितपुरमा सम्पन्न सो साधारण सभाले संस्थाको संचालक समितिको तर्फबाट अध्यक्ष धन बहादुर महर्जनद्वारा प्रस्तुत आ.व. २०७८/०७९ को संस्थाको वार्षिक प्रतिबेदन, कोषाध्यक्षद्वारा प्रस्तुत आ.व. २०७८/०७९ को आर्थिक प्रतिबेदन तथा आ.व. २०७९/०८० को अनुमानित आय÷व्यय विवरण सम्बन्ध, आ.व. २०७८/०७९ को लेखा परिक्षक प्रतिबेदन, वासलात हिसाब सम्बन्ध, आ.व. २०७९/०८० को लेखा परिक्षक नियुक्ति तथा पारिश्रमिक तोक्ने सम्बन्ध, नीति तथा कार्यविधी सम्बन्ध, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनीधि चयन लगायत विषय उपर छलफल गरि आगामी आ.व. को लागि पारित गरेको छ ।
साधारण सभामा प्रस्तुत गरिएको वासलात हिसाब अनुसार चालु आ.व. मा संस्थाको शेयर पूँजी २ करोड ५५ लाख ८७ हजार ५ सय रुपैयाँ, जगेडा तथा कोषहरु १ करोड ३५ लाख ५२ हजार १ सय १ रुपैयाँ ४२ पैसा, निक्षेप दायित्व ३० करोड ४७ लाख ७४ हजार ७७ रुपैयाँ २८ पैसा, बाह्रय ऋण ६ करोड ६८ लाख ६२ हजार ४ सय ९९ रुपैयाँ ३६ पैसा, अन्य दायित्व तथा व्यवस्था २ करोड १० लाख १० हजार २ सय १३ रुपैयाँ ६० पैसाको भएको छ भने चालु आ.व. मा संस्थाको कूल पूँजी तथा दायित्व ४३ करोड १७ लाख ८६ हजार ३ सय ९१ रुपैयाँ ६६ पैसाको भएको छ । त्यसैगरी साधारण सभा अन्य विविध कार्यक्रमको साथमा सम्पन्न भएको थियो ।