कम्बोडियामा अलपत्र १७ नेपालीलाइ लाल सिंह खड्का र नारायण समाजसेवीको पहलमा उद्दार

खवर पाटी (खोज खबरको अभियान)

कम्बोडिया । भारतीय दलाल मार्फत १७ जना नेपालीहरु भारत हुदै तेस्रो मुलुक कोम्बोडियाको नोङ्पेन शहर पुगेका अलपत्र नेपाली कामदारहरुलाइ कम्बोडियामा ब्यबसाय गर्दै आइरहेका सफल ब्यापारी लाल सिंह खड्का र कतारमा बस्दै आइरहेका एन.आर.एन.ए. कतारका पुर्ब युवा संयोजक एवम समाजसेवी नारायण समाजसेवीद्वारा ७ महिना देखि अलपत्र परिरहेका ति नेपाली हरुलाइ थाइलेण्डको बैङकमा रहेको नेपाली दुताबास मार्फत ति नेपाली हरुको उद्दार गरिएको नारायण समाजसेवीले बताएका छन । दिपक ढकाल, बैकुठ गिरी, दिपेश तामाङ, जय बहादुर लामा, कुमार शाही, प्रलाद ठकुरी, राजकुमार तामाङ, सागर तामाङ, संग्राम सिङ सहित १७ जना नेपाली हरुको ओभर स्टे फाइन समेत बैङक दुताबासले मिनाह गरी नेपाल फिर्ता भैसकेका छन । लाल सिंह खड्काले ति नेपालीहरु अलपत्र भएपछि आफ्नो होटेलमा राखि केहि समय पालेको र कतारमा बस्ने समाजसेवी नारायणसेबि सङ्गको पहलमा ति नेपाली हरुको उद्दार गरिएको बताइएको छ । नारायण समाजसेवी कतारमा अलपत्र नेपालीहरु बारे बिगतमा आवाज उठाउदै आइरहेका समाजसेवीलाइ गैर आवसिय सघ कतारले बारम्बार मजदुरको आवाज नउठाउन रोक लगाएता पनि उनले त्यहा गैर नेपाली आवसिय सघले मजदुरहरुको हकमा काम नगरेको आरोप लगाउदै आइरहेको र जतिपनि गैर आवसिय नेपाली सघका प्रमुखहरु बनेका छन तिनिहरु सबैको पृष्ठभूमि मेनपावर ब्यबसायिनै रहेकाले आफुलाइ बारम्बार थ्रेड आउने नारायण समाजसेवीले बताएका छन । कम्बोडियामा रहेका लाल सिंह खड्का त्यहाका कार्यबहाक अध्यक्ष समेत रहेका उनले पच्छिल्लो समय नेपाली हरुको उद्दार र राहतमा लागिरहेको र मजदुर हक हितको लागि प्रबास र र कम्बोडियामा नेपाली हरुको अबिभाबक बनेका छन ।

Facebook Comments Box