उमेरले ५ दशक व्यतित गरिसकेका तर जोश,जाँगर र हिम्मत १८ बर्षे युवा भन्दा कम नभएका भद्र,शालिन,बुद्धिजिवी,साजसेवी, मिलनशार स्वभावका धनी काठमाण्डौ बौद्ध-६, स्थायी निवासी सितोरियो करातेका संस्थापक सदस्य बरिष्ठ खेलकर्मी चन्द्रमान लामा आगामी मंशिर ४ मा हुन गईरहेको प्रतिनिधि सभा अन्तर्गत काठमाण्डौ क्षेत्र नं -३(१) मा प्रद्रेश सभामा प्रत्यक्ष निर्वाचनमा होमिएका छन । लामा लामो समय देखि खेलकुद क्षेत्र संगै समाजसेवामा समर्पित रहदै प्रत्यक्ष रुपमा जनताको घर दैलोमा सेवा गर्दै आईरहेका छन ।
करिव साँढे तीन बर्ष बिश्व सम्पदा सुचिमा सुचिकृत श्री बौद्धनाथ क्षेत्र बिकाश समितिको अध्यक्षको समेत कुशल कार्यभार सम्पन्न गरिसकेका लामा आफ्नो क्षेत्र र पार्टी भित्र एउटा स्वच्छ छवि भएका ब्यक्तीको परचित छन । लामालाई नजिकवाट चिन्नेहरु उनलाई सरल,मिलनशार, सहयोगीका साथै दयालु भावनाका ब्यक्तीको रुपमा बिश्लेषण गर्छन । लामाको स्वभावका कारण यस पटक प्रदेश सभामा उनको बिजयी नजिक रहेको उनका छिमेकीहरु बताउछन । यस पटक सबैको साथ र सहयोग पाए मंशिर ४ को निर्वाचनमा आफ्नो जित सुनिश्चत रहेको लामा बताउनुहुन्छ । साथै चन्द्रमान ले काठमाण्डौ क्षेत्र नं ३ (१) का सम्पुर्ण आमा-वुवा,दाजुभाई,दिदीबहिनी,युवा,खेलाडी,लगायत आम मतदाताहरुमा सहयोग गर्न समेत अपिल गर्नुभएको छ।