मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ प्रहरी महानिरिक्षक आजै तोक्ने

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ । हरेक विहिवार बस्दै आएको मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दै छ । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहको कार्यकाल सकिएपछि नयाँ आईजीपी नियुक्त गर्न मन्त्रिपरिषद् बैठक बस्न लागेको हो।

सिंहको अवकाश सँगै ३०औँ आईजीपी बन्न प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुबीच तीव्र प्रतिस्पर्धा छ । ६ चैतमा ५ जना अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य महानिरीक्षक पदको दाबेदार छन् । कुँवर मेरिट लिस्टको एक नम्बरमा छन् ।

अपराह्न ४ बजे बस्ने मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्नेछ । बिहीबार नियमित बस्नुपर्ने बैठकलाई शुक्रवार सारिएको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *