काठमाडौं । हालै एक कार्यक्रम गरि एटलस बचत तथा ऋण सहकारी संस्था लि. ले चौधौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सोल्टीमोड काठमाडौंमा सम्पन्न सो साधारण सभाले संचालक समितिको तर्फबाट निवर्तमान अध्यक्ष ध्रुब रुद्र कर्माचार्यद्वारा प्रस्तुत आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन, आ.व. २०७८/०७९ को लेखा परिक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सम्बन्ध, लेखा सुपरिवेक्षण समितिद्वारा प्रस्तुत प्रतिवेदन, लाभांश वितरण सम्बन्ध २०७९/०८० को योजना तथा अनुमानित आय÷व्यय सम्बन्ध, आ.व. २०७९/०८० को लेखा परिक्षक नियुक्ति तथा पारिश्रमिक तोक्ने सम्बन्ध, सञ्चालक समितिले गरेको निर्णय अनुमोदन सम्बन्ध, निर्वाचन सम्बन्ध, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनीधि चयन लगायत विषय उपर छलफल गरि आगामी आ.व. को लागि पारित गरेको छ ।
साधारण सभामा प्रस्तुत भएको वासलात हिसाब अनुसार चालु आ.व. मा संस्थाको शेयर पूँजी ४ करोड ६६ लाख ६५ हजार ३ सय रुपैयाँ, जगेडा कोषहरु ७ करोड ६४ लाख ६९ हजार २ सय ५६ रुपैयाँ, जोखिम व्यवस्था ६७ लाख ५ हजार २ सय ९४ रुपैयाँ, सापटी हिसाब ५४ करोड ९० लाख ७० हजार ९ सय ८४ रुपैयाँ अन्य दायित्व तथा व्यवस्था १ करोड ५९ लाख ७४ हजार २ सय १० रुपैयाँको भएको छ भने चालु आ.व. मा संस्थाको जम्मा कारोबार ७८ करोड ४८ लाख ८५ हजार ४४ रुपैयाँको भएको छ ।
साथै साधारण सभाले आगामी कार्यकालको लागि सचालक समितिको अध्यक्षमा माणिक लाल प्रधानलाई निर्वाचित गरेको छ भने उपाध्यक्ष हरी कृष्ण श्रेष्ठ, सचिब निरज कृष्ण कर्मचार्य, कोषाध्यक्षमा गजाधर श्रेष्ठलाई निर्वाचित गरेको छ भने संचालक सदस्यहरुमा विमा कुमारी सिंह, सुनिता श्रेष्ठ, बसन्त गोपाल श्रेष्ठ, गौतम लाल श्रेष्ठ र राम कृष्ण ताम्राकारलाई साधारण सभाले निर्वाचित गरेको छ । त्यसैगरि लेखा संयोजकमा सुरेन्द्र भक्त माथेमालाई चयन गरेको छ भने सदस्यहरुमा गीता श्रेष्ठ र नर्बदा चापागाइ चयन हुनु भएको छ । साथै निवर्तमान अध्यक्ष ध्रुब रुद्र कर्मचार्यलाई संस्थाको कार्यकारी प्रमुखमा नियुक्त गरेको छ । साधारण सभा विविध कार्यक्रमको साथमा सम्पन्न भएको थियो ।