नेपाल अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा एक स्थान घट्यो

अर्थ
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं: अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले अपडेट गरेको नयाँ वरीयतामा नेपाल टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा एक स्थान घटेको छ । नयाँ वरीयतामा नेपाल १५औं स्थानमा झरेको छ । अघिल्लो वरीयतामा नेपाल १४औं स्थानमा रहेको थियो । वरीयता घटेसँगै नेपालले सन् २०२४ मा वेस्टइन्डिज र अमेरिकामा आयोजना हुने टी-ट्वान्टी विश्वकपमा सिधै छनोट हुने सम्भावना कठिन बन्दै गएको छ ।

सन् २०२४ को टी-ट्वान्टी विश्वकपमा वरियताको शीर्ष १२ टोलीले सिधै विश्वकपमा स्थान बनाउने छन् । एकदिवसीयमा नेपाल १९ औं स्थानमा रहेको छ । टी-ट्वान्टीको नयाँ वरीयतामा भारत शीर्ष स्थानमा रहेको छ । इंग्ल्यान्ड दोस्रो र पाकिस्तान तेस्रो स्थानमा रहेको छ । यस्तै दक्षिण अफ्रीका चौंथो, न्युजिल्याण्ड पाँचौं, अष्ट्रेलिया छैटौं, वेस्ट इन्डिज सातौं,श्रीलंका आठौं, बंगलादेश नवौं र अफगानिस्तान दशौँ स्थानमा रहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *