स्कोप बचतको उनन्तिसौं साधारण सभा

अर्थ
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । स्कोप बचत तथा ऋण सहकारी संस्था लि. ले हालै उनन्तिसौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । गाबहाल ललितपुमा सम्पन्न सो साधारण सभाले संचालक समितिको तर्फबाट संस्थाका अध्यक्ष वीर काजी शाक्यद्वारा प्रस्तुत आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन, आ.व. २०७९/०८० को कार्ययोजना तथा बजेट सम्बन्ध, लेखा परिक्षकको प्रतिवेदन, वासलात र आयव्यय विवरण सम्बन्ध, लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्ध, आ.व. २०७९/०८० को लागि लेखा परिक्षक नियुक्ति तथा पारिश्रमिक तोक्ने सम्बन्ध, लाभांश वितरण सम्बन्ध, सह–सचिव, सह–कोषाध्यक्ष को पदपूर्ति सम्बन्ध साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनीधि चयन लगायत विषय उपर छलफल गरि आगामी आ.व. को लागि पारित गरेको छ ।
साधारण सभामा प्रस्तुत गरिएको वासलात हिसाब अनुसार चालु आ.व. मा संस्थाको शेयर पूँजी ६ करोड ७२ लाख ९८ हजार ४ सय रुपैयाँ, जगेडा तथा अन्य कोषहरु ११ करोड १७ लाख ४६ हजार ७ सय २० रुपैयाँ ९६ पैसा, निक्षेप ७४ करोड ३५ लाख ४ हजार १ सय १७ रुपैयाँ ३७ पैसा, भुक्तानी दिनुपर्ने हिसाब ३७ लाख ३१ हजार ६ सय ८६ रुपैयाँ २५ पैसा, आयकर व्यवस्था २९ लाख ६६ हजार ९ सय ५६ रुपैयाँ ४८ पैसा, अन्य दायित्व ५ करोड ३२ लाख ५३ हजार ८ सय २ रुपैयाँ ८७ पैसाको भएको छ भने चालु आ.व. मा संस्थाको जम्मा करोबार ९८ करोड २५ लाख १ हजार ६ सय ८३ रुपैयाँ ९३ पैसाको भएको छ । साथै विविध कार्यक्रमको साथमा साधारण सभा सम्पन्न भएको थियो ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *