नेप्से परिसूचक ५.२९ अंकले घट्यो

अर्थ समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच दशमलव २९ अंकले ओरालो लागेर दुई हजार सात सय ५५ दशमलव ६२ मा सीमित भएको छ ।

ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक तीन दशमलव २९ अंकले ओरालो लागेर चार सय ९२ दशमलव ७५ मा सीमित भएको छ । कूल पाँच करोड १३ लाख २१ हजार छ सय २९ कित्ता शेयर रु २१ अर्ब ७१ करोड ३४ लाख ३१  हजार सात मूल्यमा कारोबार भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये सात उपसमूहको शेयर मूल्य ओरालो लागेको छ भने ६ उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ ।

नेप्सेका अनुसार पाँच कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । त्यसमा एचआइडिसिएल, नेपाल हाइड्रो डेभलपर, शुभम् पावर, सिटी होटल र कुर्थली बुखारी स्मल हाइड्रोपावर छन् ।

यस्तै, पिपल्स हाइड्रोपावर नौ दशमलव १३, प्रभु बैंकको ऋणपत्र आठ दशमलव ६५, रसुवागढी हाइड्रोपावर सात दशमलव शून्य नौ, अप्पर सोलु हाइड्रोपावर छ दशमलव ७० र मन्दकानिकी हाइड्रोपावरका लगानीकर्ताले छ दशमलव ५५ प्रतिशतले गुमाएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *