एक्टर’को दोश्रो रोमान्टिक गीत सार्वजनिक

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं १६ पुष । आगामी माघ ४ गतेबाट देशभर एक साथ प्रदर्शनमा आउने चलचित्र ‘एक्टर’को दोश्रो ‘घर त तिम्रो काठमाडौं मेरो पोखरा’ बोलको रोमान्टिक गीत अंग्रेजी नयाँ वर्षको शुभकामना स्वरुप आम दर्शकमाझ ओएसआर डिजिटल मार्फत सार्वजनिक भएको छ । नायक प्रिन्स थापा र नायिका शिवानी गीरी माथी फिचरिङ्ग गरिएको गीतमा रामचन्द्र काफ्ले र रश्मि उपाध्यायको स्वर छ भने संगीत सम्राट थापाको रहेको छ । आधुनिक परिवेश, प्रेम, रोमान्स, थ्रिलर्स सस्पेन चलचित्र ‘एक्टर’का निर्माता पत्रकार मनोहरी थापा हुन् । ‘एक्टर’ मा प्रिन्स थापा, शिवानी गीरी, कशिस दाहाल, कृष्ण मल्ल, सरोज खनाल, महेन्द्र मैनाली, शिबु शाह, निशा केसी भण्डारी लगायतका कलाकारको अभिनय छ । मदन घिमिरेको निर्देशन रहेको ‘एक्टर’ नेपाल डाइस्पोरा इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको हो ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *