काठमाडौं ८ चैत्र । एकपछि अर्को गीत आफ्ना श्रोता, दर्शक माझ पस्कदै आईरहेका चर्चित गायक निमा पाख्रिन लामाले नयाँ गीत ‘याम्मैले होई’ को भिडियो सार्वजनिक गरेका छन् । पृथ्वी लामाको शब्द सिर्जना, निमा पाख्रिन लामा र लमु शेर्पाको स्वर समेटिएको गीतका संगीतकार पनि स्वयं निमा पाख्रिन लामाको नै रहेको छ । प्रतिक ङेस्युर, रञ्जिता तामाङ, सोनम तामाङ र गायक लामाको समेत अभिनय रहेको भिडियोमा व्यवस्थापक जोग्लाल लामा, मिक्सिङ अर्पण थिङ्ग, छायांकन उमेश शाह, श्रृंगार बुध्ढी तामाङ, कोरियोग्राफर प्रतिक ङेस्युर र निर्देशन, सम्पादन रोशन फ्युवा तामाङको रहेको छ । रसुवा जिल्लाको पार्वतीकुण्ड वरपरका हिमाली भेगको रमणीय स्थानहरुमा छायांकन गरिएको ‘याम्मैले होई’ हिमाली सेलो भाकाको गीत हो ।
https://www.youtube.com/watch?v=Cb45u3WZt7k
Facebook Comments Box