सानिमा जिआइसी इन्स्योरेन्सको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

अर्थ
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । विहिवार सानिमा जिआइसी इन्स्योरेन्स लि. ले पाँचौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कालिकास्थान काठमाडौंमा सम्पन्न सो साधारण सभाले आगामी कार्यकालको लागि कम्पनी संचालनका लागि नयाँ संचालक समिति निर्वाचित गरेको छ । जस अन्तरगत नयाँ निर्वाचित संचालक सदस्यहरुमा कुनाल कयाल, दिलिप श्रेष्ठ, मिता मुरारका अग्रवाल, प्रकाशमान श्रेष्ठ, सरस्वती गौतम ज्ञवाली र हेमन्तकुमार दवाडी रहेका छन् भने बाँकी आवश्यक सदस्य तथा प्रदाधिकारीहरु संचालक समितिले चयन गर्ने छ ।
साधारण सभामा संचालक समितिद्वारा प्रस्तुत आ.व. २०७८/०७९ को कम्पनीको वार्षिक प्रतिवेदन, कम्पनीको आ.व. २०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, आ.व. २०७८/०७९ को साविकको जनरल इन्स्योरेन्स कम्पनीको आ.व. २०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सम्बन्ध, आ.व. २०७९/०८० को लागि लेखा परिक्षक नियुक्ती गर्ने सम्बन्ध, निर्वाचन सम्बन्ध लगायत विषय उपर छलफल गरि आगामी आ.व. को लागि पारित गरेको छ । साधारण सभामा कम्पनीको अध्यक्षको हैसियतले कुनाल कयालले सभामा सहभागी शेयर धनीहरुको जिज्ञासाको जवाफ दिनुभएको थियो । साविकको सानिमा जनरल इन्स्योरेन्स तथा जनरल इन्स्योरेन्स कम्पनी लि. को मर्जर पश्चात हाल कम्पनीमा चुक्तापूँजी २ अर्व रुपैयाँ पुगेको छ ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *