बसाहा बचतको पन्ध्रौं साधारण सभा सम्पन्न

अर्थ
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । काठमाडौं बसाहा बचत तथा ऋण सहकारी संस्था लि. ले हालै आफ्नो पन्ध्रौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले संचालक समितिको तर्फबाट संस्थाका अध्यक्ष जय कुमार राइद्वारा प्रस्तुत आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन तथा आ.व. २०७८/०७९ को नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण सम्बन्ध, चालु आ.व. २०७९/०८० को बजेट सम्बन्ध, लेखा सुपरिवेक्षणको वार्षिक प्रतिवेदन, लाभांश वितरण तथा सेवा केन्द्र विस्तार सम्बन्ध, आ.व. २०७९/०८० को लागि लेखा परिक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्ध, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनीधि चयन लगायत विषय उपर छलफल गरी आगामी आ.व. को लागि पारित गरेको छ ।

साधारण सभामा प्रस्तुत गरिएको वासलात हिसाब अनुसार चालु आ.व. मा संस्थाको शेयरपूँजी १ करोड ९६ लाख २३ हजार ९ सय रुपैयाँ, जगेडा कोष २६ लाख ३८ हजार ५ सय ४० रुपैयाँ ९ पैसा, बैधानिक तथा अन्यकोषहरु ४७ लाख ४० हजार ६ सय ९० रुपैयाँ ९१ पैसा, बचत तथा निक्षेप दायित्व २५ करोड ९ लाख ३४ हजार ९ सय २१ रुपैयाँ २ पैसा, बाह्रय ऋण तथा सापटी ३ करोड ८३ लाख ४० हजार रुपैयाँ, चालु दायित्व तथा व्यवस्था ६७ लाख ३१ हजार ४ सय ४५ रुपैयाँ १८ पैसा, कर्जा नोक्सानी व्यवस्था २६ लाख ४४ हजार ५ सय ३६ रुपैयाँ १९ पैसा, आयकर दायित्व २ लाख ५१ हजार ७ सय ३२ रुपैयाँ ९९ पैसाको भएको छ भने चालु आ.व. मा संस्थाको जम्मा कारोबार ३२ करोड ५९ लाख ५ हजार ७ सय ६६ रुपैयाँ ३७ पैसाको भएको छ । साथै विविध कार्यक्रम गर्दै साधारण सभा संस्थाका अध्यक्ष जय कुमार राइको सभापतित्वमा सम्पन्न भएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *