काठमाडौं । हालै सम्पन्न युगवाणी बचत तथा ऋण सहकारी संस्था लि. को तेह्रौं बार्षिक साधारण सभाले आगामी कार्यकालको लागि संचालक समितिको अध्यक्षमा पुनः मोहन बहादुर बलामीलाई निर्वाचित गरेको छ । चन्द्रागिरि काठमाडौंमा सम्पन्न सो साधारण सभाले उपाध्यक्षमा पार्वती के.सी., सचिवमा श्रीभगवत महर्जन, कोषाध्यक्षमा करन थापालाई निर्वाचित गरेको छ भने, संचालकहरुमा रामराजा सिलवाल, सरस्वती के.सी. र ध्रुब कुमार के.सी. लाई निर्वाचित गरेको छ । साधारण सभाले लेखा संयोजकमा कृष्ण भगत बस्नेत सदस्यहरुमा केशव के.सी. र प्रतिमा खडकालाई निर्वाचित गरेको छ । त्यसैगरी साधारण सभाले अध्यक्षद्वारा प्रस्तुत आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन, आ.व. २०७९/०८० को लेखा परिक्षण प्रतिवेदन, आ.व. २०७८/०७९ को लेखा परिक्षक नियुक्ति तथा पारिश्रमिक तोक्ने सम्बन्ध, ११ प्रतिशत लाभांश वितरण सम्बन्ध, निर्वाचन सम्बन्ध, साधारण सभाको निर्णय पुस्तिकामा हरुताक्षर गर्न प्रतिनीधि चयन लगायत विषय उपर छलफल गरी आगामी आ.व. को लागि पारित गरेको छ ।
साधारण सभामा प्रस्तुत गरिएको वासलात हिसाब अनुसार चालु आ.व. मा संस्थाको शेयरपूँजी १ करोड ९५ लाख ७४ हजार रुपैयाँ, साधारण जगेडाकोष १ करोड ६४ लाख १५ हजार ५ सय ४५ रुपैयाँ ८२ पैसा, अन्य कोषहरु ७२ लाख ९६ हजार ६ सय ७ रुपैयाँ ८३ पैसा, ऐच्छिक कोष २० लाख ५ हजार ६ सय १३ रुपैयाँ ५० पैसा, निक्षेप ३४ करोड २३ लाख २० हजार ८ सय ३२ रुपैयाँ ८६ पैसा, चालु दायित्व १ करोड १७ लाख ६८ हजार ४ सय ८ रुपैयाँ ६९ पैसा, बाह्रय ऋण सापटी ९० लाख २० हजार १ सय ४८ रुपैयाँ ६९ पैसाको भएको छ भने चालु आ.व. मा संस्थाको जम्मा करोबार ४१ करोड ४५ लाख ७ हजार ९ सय ६३ रुपैयाँ ४६ पैसाको भएको छ । साधारण सभामा गोलाप्रथा गरि संस्थासँग आबद्ध कारोवारीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने संस्थाका अध्यक्ष मोहन बहादुर बलामीको सभापतित्वमा साधारण सभा सम्पन्न भएको थियो ।