उज्वल भविष्य बचतको पन्ध्रौं साधारण सभा सम्पन्न

अर्थ
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । हालै उज्वल भविष्य बचत तथा ऋण सहकारी संस्था लि. ले पन्ध्रौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बसुन्धारा काठमाडौंमा सम्पन्न सो साधारण सभाले संस्थाको संचालक समितिको तर्फबाट अध्यक्ष बाबुराम घिमिरेद्वारा प्रस्तुत आ.व. २०७८/०७९ को वार्षिक प्रतिबेदन, आ.व. २०७८/०७९ को लेखा परिक्षण प्रतिबेदन, आ.व. २०७९/०८० को नीति तथा कार्यक्रम अनुमानित बजेट सम्बन्ध, आ.व. २०७९/०८० को लेखा परिक्षक नियुक्ति तथा पारिश्रमिक तोक्ने सम्बन्ध, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनीधि चयन लगायत विषय उपर छलफल गरि आगामी आ.व.को लागि पारित गरेको छ ।
साधारण सभामा प्रस्तुत गरिएको वासलात हिसाब अनुसार चालु आ.व. मा संस्थाको शेयर पूँजी ३ करोड २३ लाख २० हजार ९ सय रुपैयाँ, जगेडा कोष ३९ लाख ८३ हजार २ सय ३८ रुपैयाँ ४९ पैसा, अन्यकोष २१ लाख ३९ हजार ४ सय ३० रुपैयाँ ९० पैसा, कर्जा जोखिम कोष १८ लाख ६० हजार ४ सय ३५ रुपैयाँ, बचत तथा निक्षेप १२ करोड ४८ लाख ३३ हजार ५ सय ११ रुपैयाँ, भुक्तानी दिनुपर्ने हिसाब १ लाख ९२ हजार ४ सय ६७ रुपैयाँ ३० पैसा, भुक्तानी व्यवस्था १ लाख ४३ हजार ९ सय ५५ रुपैयाँ ६० पैसा, अन्य चालु कोष ६ लाख १७ हजार २ सय २७ रुपैयाँ २३ पैसाको भएको छ । साथै अन्य कारोबार सहित चालु आ.व. मा संस्थाको कूल कारोबार १६ करोड ६० लाख ९१ हजार १ सय ६५ रुपैयाँ ४९ पैसाको भएको छ । साथै विविध कार्यक्रमको साथमा साधारण सभा सम्पन्न भएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *