सूचना प्रविधिको विकास र विकृति

खवर पाटी (खोज खबरको अभियान)
रोशनी वुढा

ऐतिहासिककालमा सूचनाको विकास नभएपनि आध्यात्मीक ग्रन्थका अनुसार सबैलाई नारद मुनि (ऋषि) ले सूचना आदान प्रदान गरेको पाइन्छ । भन्ने अर्को तर्पm राजा महाराजाहरुले बाज (चरा) लाई ट्रेनिड्ड गरेर पत्र आदान प्रदान गरेको गाथा सुनिन्छ । मानिसहरुको विस्तार चेतना हुँदै जाँदा त्यसलाई रुपान्तरण हुँदै गाइने र राज्यको ठूलो कोटमा (डाडाँ) मा दमाहाँ वा शंख बजाएर सभा–सम्मेलन भेला गर्ने प्रचलन थियो ।

चिठ्ठी पत्र, घोषणा पत्र या कानून भन्ने भोजपत्र, शिलापत्र, ताम्रपत्र आदिमा आदान प्रदान गर्ने प्रचलन थियो । त्यसलाई विस्तारै रुपान्तर हुँदै लेटर प्रेस, पत्रिका, रेडियो, टेलिग्राम आदि विकास हुँदै गयो र जनताले सूचना लिन दिन र सुन्न सहज भयो । यहि सेरोफेरोमा आज अनेक थरिका संचार माध्यम, आधुनिक संचार प्रविधिको विकास भई विश्व एक घर जस्तै भएको छ । विषेशतः इन्टरनेटको विकासले अनलाइन मेडिया, फेसबुक, टिकटक, युटुब आदिको चरम विकासले सूचना पाउन र लिन सहजतः भएको छ तर त्यस अनेक किसिमका विकृतिले पनि समाज नकारात्मक असर पनि परेको छ । खासगरी सूचना तथा आधुनिक प्रविधि कयौ वैज्ञानिक, इन्जिनियर, डाक्टर, प्राध्यापक आदि विज्ञ् शनशक्ति उत्पादन पनि गरेको छ ।

पृथ्वीबाट चन्द्रमा, मंगलग्रह जस्ता अर्को ग्रहमा पुग्न र पत्तालगाउन आधुनिक सूचना प्रविधिको विकास ठूलो महत्व गरेको छ । हुनतः प्राचीनकालमा पनि विभिन्न किसिमका समय अनुकुल र परिस्थिति अनुसार विभिन्न आविष्कार नभएका होइनन् अहिले आणविक वंम, रकेट, क्षेप्रयास्त जस्ता ठूला ठूला वाँणहरु पनि थिए । तर अहिले त्यो भन्दा पनि एकैपटक संसार भरि हेर्न पाउने इन्टरनेटले अनेकौं किसिमका फाइदा र त्यसका साथै नोक्सान पनि भएको छ । यहानेर फेसबुकको मात्रै कुरा गर्ने हो भन्ने धेरै मानिसको घर परिवार विग्रेको छ ।

धेरैले झुट कुरा गरेर ठगी धन्दा पनि भएको विभिन्न पत्रिपत्रिकामा देख्न पाइन्छ । यस्ते युटुबमा पनि समाजमा नपच्ने खालका अश्लील पिक्चरहरु देखाउने नभएका विषय बस्तुलाई समेत भाइरलको लागि प्रचार गर्ने, नेपाली समाजको धर्म, संस्कृति, रितिरिवाज परम्परालाई नपच्ने खालमा प्रदर्शन गर्ने यस्ता विकृतिले गर्दा नेपाल समाजको मस्तिष्क समेत बिगारेको पाइन्छ । अझ अहिले मोबाइल त एक दुई वर्षका बालबालिकाले त टिकटक हेर्ने, पढ्न बढी मोबाइल मात्रै हेर्ने, सकारात्मक होइन नकारात्मक तिर यो सूचना प्रविधि बढी काम गरेकोले आज समाज धेरै किसिमका विकृतिहरु मौलाएर घर घरमा तनाव, परिवार परिवारमा शंका उपशंका, श्रीमान् श्रीमतिको झगडा आदि विकृति मौलाएकोले यसलाई सहि प्रयोग गर्नु पर्नेमा विकृति मात्रै मौलाएकोले राज्यले यस्ता केही नकारात्मक प्रकृतिकका साइडहरु बन्द गर्नु पर्दछ ।

यसर्थ, हाम्रो देश नेपालमा अहिले घर–घरमा अनलाइन छ । पचासौं हजार अनलाइन छन् । सूचनाको विशेषता हराएको छ । जनतामा युटुब र अनलाइनले गर्दा संचारमाध्यमको विश्वासमा शंका उत्पन्न भएको छ । भए नभएका विषयबस्तुलाई समेत भाइरलका लागि समेत युटुब, फेसबुक र टिकटकले गर्दा आम संचारमा नकारँत्मक असर परेको छ । यसलाई संचार माध्यमले ध्यानदिनु पर्दछ भन्ने राज्यले समाजमा असर पर्ने खालका विकृति, विसंगति ल्याउने खालमा संचारमाध्यम (सामाजिक संजाल) लाई बन्देज गर्नु पर्दछ । सूचनाको विकासले गर्दा संसार एकघर जस्तै भए पनि सकारात्मक सूचना प्रविधिको विकास गरी सहज र सजिलो भए पनि, विकृति र छाडा खालका नेट, अनलाइन, फेसबुक, युटुबलाई कन्ट्रोल गर्न उपयुक्त हुन्छ । सकारात्मक सोचमा सामाजिक संजाल प्रयोग गरी छाडापन र अश्लील सामाजिक संजाल बन्द गर्नु राज्यको दायित्व हो ।

यसर्थ, वैज्ञानिक खालमा ज्ञानगुण दिने, शिक्षा प्रदान गर्ने, नयाँ नयाँ आविष्कारको प्रचार प्रसार गर्ने, समाजमा भएको विकृति, विसंगति, अनियमितता, भ्रष्टाचार जस्ता विषयवस्तुलाई इन्टरनेट होस् या सामाजिक संजाल होस् यस्ता विषयवस्तुलाई प्रचार गर्नु पर्दछ । बालहिंसा, महिलाप्रति हुने अनेक किसिमका घटनाहरुलाई अगाडि ल्याउनुपर्छ । सकारात्मक सोचको विकासमा सूचना प्रविधि ठूलो महत्व छ । तर भाइरल र पैसा आउछ भनी नराम्रा खालका छाडाँपन, अश्लील छायाँकनलाई बन्द गर्नु पदर्छ ।

Facebook Comments Box