थप ४२५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५ हजार ७ सय ६०, डिस्चार्ज हुनेको संख्या ९ सय ७४

खवर पाटी (खोज खबरको अभियान)

काठमाण्डौं । देशभर पछिल्लो २४ घण्टामा थप ४२५ जनामा कोरोना संक्रमण भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ३७५ पुरुष र ५० जना महिला रहेका छन्।

यो सँगै जम्मा संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ। रुकुम पूर्वमा पनि कोरोना संक्रमित भेटिएपछि संक्रमण ७३ जिल्लामा पुगेको छ।

हालसम्म डिस्चार्ज हुनेको संख्या ९ सय ७४ पुगेको छ। कोरोनाबाट नेपालमा हाल सम्म १९ जनाको मृत्यु भईसकेको छ ।

Facebook Comments Box