जनदवावमा सरकार र ससदले नक्सा पारीत गर्नु एक कदम अगाडी : विप्लव

खवर पाटी (खोज खबरको अभियान)

काठमाण्डौं । संसदबाट लिम्पियाधुरा, कालापानी, लिपुलेक सहितको नक्सा पारित भए पछि नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले वक्तव्य जारी गरी जनदवावमा सरकार र ससदले नक्सा पारीत गर्नु एक कदम अगाडी बढेको प्रतिकृया दिएका छन् ।
आज वक्तव्य जारी गर्दै महासचिव विप्वलवले देशभक्त जनता, विज्ञ, बुद्धीजीवी र क्रान्तिकारी शक्तिहरुले निरन्तर संघर्ष गर्दै आएको र त्यही संघर्ष र जनमतको दबाबमा ओली सरकारले नक्सा जारी गर्न बाध्य भएको पनि बताएका छन् ।
नक्सा पारीत भएर जनजागरणलाई मात्र मत्थर पार्ने कार्यमा नरही यथाशीघ्र राजनीतिक र कुटनीतिक पहल गरी कालापानी क्षेत्रबाट भारतलाई फर्काउन र नेपालको प्रत्यक्ष स्वामित्व लिने तर्फ अघि बढ्न आवस्यक छ, विप्लवद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
सरकारको मात्र मुख नताकी निरन्तर जागरुक भईरहन अपील गर्दै महासचिव विप्लवले देश भित्र कुनै पनि साम्राज्यवादी अतिक्रमणलाई सहन नगर्ने बरु डटेर सामना गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।
विज्ञप्ति :

 

Facebook Comments Box