नेपालको शहरी विकास योजनाबारे कस्तो योजना तर्जुमा गर्नु पर्दछ ?
शहरको परिभाषा समयक्रम अनुसार परिर्वतन हुन सक्दछ । युरोपमा १८ औं सत्ताव्दीमा औद्योगिक क्रान्ति भएपछि जुन शहरी सभ्यताको शुरुवात भयो, संसार भरि नै यसको प्रभाव पर्न गयो । अमेरिका पत्ता लाग्न ुभन्दा पहिले स्थापना भएका शहरहरुमा जीवन निर्वाहका लागि खेतिपातिको काममात्र भयो । काठमाडौ जस्तो उर्वर माटो भएको ठाउँमा ६ महिना खेती गरी एक बर्ष खानपुग्ने उत्पादन हुन्थ्यो । जनसंख्या वढेसंगै कुटिल उद्योग, हाते तानहरु संचालनमा आए र विस्तारै यहा“का उत्पादन बाहिर पठाउन सडकयातायात निर्माण गर्नेतर्फ ध्यान गएन तर छिमेकी देशले नेपालको सिमाना जोगबेनी, सुनौली, जस्ता नाकासम्म रेलमार्ग स्थापना गरे तर नेपालले सडक बिस्तार गर्नुको साटो भन्सार, हुलाक जस्ता सरकारी कार्यलय स्थापना गरिए त्यहा“ मानव बस्ति त भए औद्योगीकरण हुन सकेन शहर विकारको मोडालीटि अनुसार सडक सुविधाभएका ठाउ“मा उत्पादन केन्द्र स्थापना गर्नुपर्ने थियो । त्यसैले सहरको परिभाषा जुनहनु पर्ने थियो त्यो हुन सकेन । शहरलाई आफ्नो उत्पादनको केन्द्र बनाउनुपर्दछ ।
अत्यधिक गा“उको जनसंख्यालाई शहरमा ल्याउनु पर्छ । काठमाडौ नजिकाका नौबिसे, चित्लाङ बनेपा, नुवाकोट सिन्धुपाल्चोकका अत्याधिक जनसंख्यालाई गाउ“बाट शहरमाल्याउनु पदर्छ । त्यसको लागि पूर्वाधारहरु निर्माण गर्नुपर्छ । काठमाडौमा अझै जनसंख्या बढाएर नागढुंगा–नौविसे सुरुङमार्ग जस्तै काठमाडौ वरीपरिका जिल्लाहरुमा अरु ८—१० सुरुङमार्ग बनाएर काठमाडौ बाहिरका छिमेकी जिल्लाहरुमा औद्योगिक केन्द्र स्थापना गर्नुपर्छ । दैनिक कामगर्ने मानिस काठमाडौमा नै बस्ने र साधन सुविधा भएका जनता उपत्यका नजिकका गाउ“हरुमा घर निर्माण गरी बसोबास गर्न सकेको भए औद्योगीक विकास भएको भए मुलुकले फ्डको मार्न सक्दछ । यहि अवस्थित सहर हुने, उत्पादन नहुने शहर कहिल्यै पनि उत्पादनको केन्द्र हुन सक्दैन । उत्पादनका केन्द्र बाहिर भयो भने हामीले काठमाडौ उपत्यकाभित्र काठमाडौं, ललितपुर, भक्तपुरका भएका सांस्कृतिक सम्पदाहरु जस्तै पशुपतिनाथ, बौद्ध स्वयम्भु, महावौद्ध, चा“गुनारायण पाटन दरवार, विदेशी तथा स्वदेशी पर्यटकलाई देखाएर खान पाइन्छ । यसको संरक्षण गर्न अझै सहज हुन्छ । नुवाकोट, चित्लाङ, बनेपा, पनौती, पा“चखाल, ललितपुरको लेले भन्दाउताको क्षेत्रहरुलाई समेटेर एउटा औद्योगिक क्षेत्र बनाउन सकिन्छ ।
काठमाडौ अत्यन्त अव्यस्थित छ यसलाई व्यवस्थितगर्न के गर्नु पर्छ ?
काठमाडौ उपत्यकालाई एउटा राजनितिक प्रशासनिक क्षेत्रको रुपमा विकसीत गर्न सकियो भने मात्र शहर व्यवस्थित हुन्छ । काठमाडौमा साना साना टुक्रे राज्य भएकोले प्रशासनिक एकरुपता हुन नसक्दा शहर व्यवस्थित हुन नसकेको हो । जस्तो काठमाडौ उपत्यकाभित्र महानगरपालिकाहरु र नगरपालिकाहरुको काममा एक रुपता नहुदा विकासका कार्यहरुले गतिलिन सकेनन् र कुनै पनि काम पुरा हुन सकेन । सडकको काम सक्यो ढल हालेको छैन, ढल हाल्यो खानेपानीको पाइप छैन, काठमाडौ भन्दा वेइजिङ २७ गुण ठूलो छ, बेइजिङलाई एउटा नगरले चलाई रहेको छ । दिल्ली एउटै नगरले चलाई रहेको छ , सिंगापुरले २० वर्षमाविकसित राष्ट भैइ सक्यो नेपालमाप्रजातन्त्रआएको पनि७१ वर्ष भैइ सक्दापनि राजनितिक अस्थिरता र खिंचातानीले गर्दा देश विकसित हुन सकेको छैन ।
तपाई चन्द्रागिरि नगरपालकामा जनप्रतिनिधि हुनुहुछ, नगरपालिकालाई कस्तो मोडल बनाउने भन्ने योजना थियो, पुरा भयो त ?
हाम्रो चुनावी घोषणपत्र अनुसार कामहुन सकेन नगरमा मेयर सहित केहि जनप्रतिनिधि कांग्रेस र उपमेयर सहित केहि जनप्रतिनिधि एमालेले जित्यो । त्यसैले हामीले आफ्नो चुनावी घोषणपत्र अनुसार सोचे अनुसारका विकासका काम गर्न सकिएन । विद्युत, टेलिकम, सडक डिविजन जस्ता प्रशासनिक निकायलाई स्थानीय सरकारले समन्वय गरी लैजान नसक्दा विकासका कार्यहरुमा अवरोध हुनपुग्यो । तै पनि केहि काम भएका छन् । संघीय सरकारको योजनामा नागढुंगा सडक सम्पन्न गरियो । महिला, बालबालिका तथा जेष्ठ नागरिकहरुमा सामाजिक सुरक्षाका काम भैइ रहेका छन् । पुराना सडक संरचनालाई बिस्तार गर्दै नया“ सडक निर्माण गरिएको छ । भौतिक निमार्णका काममा दुई वटा पुल र दुईवटा किर्तिपुरलाई जोड्ने पक्कीपुल निर्माण सम्पन्न भएका छन् । पुराना सहर संरक्षण गदै वडा नं. १५ को लगन फाँटमा २ सय रोपनी जग्गामा नया“ बस्ती (ल्याड पोलिङ ) प्रदेश सरकार र वडाको पहलमा निमार्ण हुदैछ । मानवजान डराउने अनकन्टार ठाउ भिराडिल अहिले नेपालको पहिलो भिराडिल पार्क बनेको छ र अहिले सबै भन्दामानिसले मन पराउने ठाउ भएको छ । निर्माण प्रधिकरणको र भारत सरकारको सहयोगमा ९ करोड ४३ लाखकोमा बिष्णुदेविमा.विको भवनबन्दै छ । धार्मिक सा“स्कृतिकहिसावले महत्वबोकेको बिष्णुदेविमन्दिर संरक्षण, भुक्षयीकरणर सन्दरी करण गर्न विभिन्नकामभई रहेका छन् ।
केन्द्रिय सरकारको पहलमा सुविधा सम्पन्नकिरिया पुत्रीभवना संचालनमाआएको छ । चान्द्रगिरिको मेरुदण्को रुपमा रहेको बल्खु खोला संरक्षणको लागिनदिकिनारमा वृक्षरोपन तथापूर्व पश्चिम राजमार्गमा वृक्षारोपन र फुलहरु रोपेर सडकमा यात्रागर्दा मनोरमा दृय अवलोकानगर्न सकिने बनाइएको छ । शिक्षा क्षेत्रमाअध्यक्ष शैक्षिकविकार कोष स्थापना गरीअध्यक्षको तलवभत्ता र अन्य सुविधात्यहिकोषमाजम्मागर्ने हरेक वर्ष आर्थिक कारोवारको लेखा, अडिट एउटा संस्थाको जस्तै हुने गरी संचालनगरिएको छ जसमाजनताको दैनिक १ रुपैया वचतगर्ने गरि ५३ जनाविपन्नबालबालिकालाई अध्ययन गराइएको छ । जसमा २० जनाबालबलिका बिष्णुदेविमाविमा, र अन्य ३३ जनाबालबालिका ज्ञानोदयउमावि, टंगाल उमावि, प्रभातउमावि, र काठमाडौ शिक्षाक्याम्पसमाअध्यायनगदै आएका छन् । यो शैक्षिकविकास कोष निरन्तर चलाई रहने उदेश्यले संचालनगरिएको छ । जसमा रकमपनिपर्याप्त रहेको छ ।नया“ संघिय सरकारकै योजनामा काठमाडौ महानगरदेखि ३ किलोमिटर चन्द्रगिरि १५ सम्मकरिडोर सम्पन्नभएको छ । दहचोकको कालुपाडे समाधि स्थल सम्पन्नभएको छ । चम्पादेवि देखि दहचोकको डा“डोलाई पर्यटकीय क्षेत्र बनाउनको लागिनिकै कामभएको छ । पर्यटकको लागिदहचोकको कालुपांडे समाधि स्थल केन्द्रिय, प्रदेश र स्थानिय सरकारको समन्वयमाकामतिव्र रुपमाभएको छ ।काम पार्ट पार्ट गर्नु भन्दापनिहोल टु पार्ट गर्नु पर्दछ । नगरमाकति बाटो बने कतिभवनबने भन्दापनिनगरीको जिवन स्तर कति उठ्यो भन्ने कुरा महत्वपूर्ण हो ।पा“चवर्षमाजुनविकासको योजना मैले बनाएको थिएत्यो पुरा गर्न सकिएको छैन नगरपालिका, गाउ“ पालिकालाई जुन अधिकाप्रदानगरिएको छ । सो अनुसार सरकारी निकायलाई अझै ढाल्न नसक्दाकामगर्न गाह्रो भएको छ ।
एमसिसिको विषयमाहजुरको आफ्नो साय कस्तो छ ?
एमसिसि विशुद्ध सहयोग होइनयसलाई अमेरिकन राजदुतलेनै एउटा अन्तरवार्तामा यो सहयोग नभै लगानीहो भन्नुभएको छ । समराज्य फैलाउने कालक्रमम ाविविधकिसिमकातरिकाहरु भएकनै बेलामा सेना पढाएर, कुनै बेलामा कुटनीतिक प्रयोग गरेर भएअहिले चाहिआर्थिक संजाल फैलाएर छ । एमसिसिको समर्थन गर्नेहरुले चिनको विआरआईको कुरा गरिरहेका छन् । विआरआईको समार्थन गर्नेहरुले एमसिसिको कुरा गरिरहेका छन् मुलुकको हित कसरी हुन्छ भन्ने कुरा एकढिक्क एकमानभएर निकाल्नु पर्दथो तर यो नभैकनदाउ पेचको कडि भयो । दाउपेचको हतियार जस्तो भैइ रहेको छ । वास्तवमा एमसिसिले दुईवटा कामगर्ने भनेको छ । एउटा ट्रासलेसन लाइन र अर्को सडकको कामलव्सिखोला देखि नुवाकोटको रातामाटे हुदै तनहुहुदै बटवलमा पुराएर भरतको बोर्डरसम्म पुराउने भन्ने कुरा छ । मेरो चाहियसमा प्रस्टकुरा के छ भने बिजुली बेचेर नेपालधनिहुन सक्दैन हामीले बेच्नलाई तयार गरेको बिजुलीकिन्ने भनेको भारत वाचिनले हो । उनले हामीसंग वढि भएको बिजुली खेरजन्छ भन्ने थाहा पाएपछि पक्कै पनिमुल्य वढि राख्दैन । यसले नेपालमा सोचेजस्तो उपलव्धिगर्दछ भन्ने कुरा लाग्दैन । बिजुली त हामीले नै खपतगर्ने हो ।
बिजुलीभनेको हाम्रो प्रकृतिक स्रोत हो । यो प्राकृतिक स्रोतलाई सिद्धाउने होइनयसलाई प्रयोग गरेर हामीले दोस्रो स्रोत निर्माण गरेर उद्योगधन्दामालगाउनु पर्दछ । एमसिसि पास गरेर ट्रासलेसनलाइन गराएर यसलाई भारतमा लगेर बेचेर होला जस्तो मलाई लाग्दैन । अर्को लागनीभनेर भनिसकेपछि प्रतिफलखोज्छ ,एमसिसिको ५५ अर्व भनेको ठूलो रकमहोइन५५ अर्वमा १६ अर्व तलव भत्तामा जाने रहेछ । बा“की रहेको ३९ अर्व रुपैया पनि चुहावट हुदा खेरित यसले कामगर्ने भनेको हाम्रो यहि सुरुङमार्ग ( नागढंगा देखि नौविसे ) २२ अर्वको छ । यसको जति पनि काम नहुने देखेको छु । शक्ति राष्ट्रले लादेको योजना भएकाले हाम्रा नेताले यसको प्रतिवाद गर्न नसक्नु भएको हो ।