एमसिसिका कारण प्रमुख दलबाट जनता निरास भएका छन्: देवेन्द्र प्रधान

खवर पाटी (खोज खबरको अभियान)
देवेन्द्र प्रधान केन्द्रीय सदस्य, राष्ट्रिय प्रजातन्त्र पार्टी

मुलुकको वर्तमान राजनीतिक अवस्थालाई कसरी लिनु भएको छ ?
अहिलेको मुलुकको अवस्था नेपालका ठुला पार्टीबाट जनता वाक्क दिक्क भएका छन् । झन एमसिसीले गर्दा त प्रमुख दलबाट जनता निरास भएका छन् । एमसिसीलाई लुकाएर पास गरेकाले प्रमुख दलहरु मिलेर देशै वेच्न खोजेको प्रष्ट हुन्छ । त्यसैले यति बेला नेपाली जनताले राप्रपातिर झुकाव र आशाको केन्द्रको रुपमा लिन थालेको देखिन्छ । पछिल्लो समय कुनै पनि दलले युवा पुस्तालाई नेतृत्व फेर्न नसकेकोमा यो दल राप्रपाले युवा पुस्तालाई अगाडी बढाएर नेतृत्व प्रदान गरेको छ । र अन्य दललाई पनि पाठ सिकाउन खोजेको कुरा प्रष्ट छ । प्राय सबै दल एकातिर हुँदा पनि राप्रपा राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा लागि रहेको छ र राप्रपाको यस एजेण्डा प्रति जनलहर आइरहेको छ । जनता संघीयता धर्मनिरपेक्षताको पक्षमा छैनन् भन्ने समय क्रमले देखिदै आएको छ ।

वर्तमान सरकारको क्रियाकलापलाई कसरी मूल्यांकन गर्नु हुन्छ ?
वर्तमान सरकार विदेशीको इशारामा चलिरहेको छ । विदेशीकै कार्यनीतिमा अघि बढिरहेको देखिन्छ । विदेशबाट आएको सहयोगलाई सत्तामा बसेर दुरुपयोग गरिरहेका छन् । साथै प्रधानमन्त्री देखि मन्त्रीसम्म आफ्नो स्वार्थ, नातावाद क्रियावादमा लल्लिन रहेको देखिन्छ । जनतालाई परेको वास्तविक समस्या समाधान नगरीकन भागबण्डामा आफ्ना मान्छेलाई ल्याउने र देश डुबाउने कार्यमा सत्ता गठबन्धनका नेतहरु लगिरहेका छन् ।

राप्रपाका पूर्व अध्यक्ष कमल थापाले राप्रपा छोड्नुलाई कसरी लिनु हुन्छ ?
कमल थापाले मुल पार्टी छोड्नुमा आफु हारेपछि भएको आवेग र कुण्ठा मात्र हो । कमल थापा अन्तमा पछुताउमा पर्नु हुनेछ । उहाँको पक्षमा राप्रपाको कुनै कार्यकर्ता हुने छैनन् ।

देशव्यापी भइरहेको महँगीलाई कसरी लिनु हुन्छ ?
सरकारी पक्ष नेपाली जनताको डाढ सेकेर चुनावी खर्च जुटाइरहेका छन् । पेट्रोलियम पदार्थमा त हप्ता १० दिनमा मुल्य वृद्धि, भयो, त्यसमाथि व्यापारीहरुसँग कमिसन लिएर औषधीदेखि नुन, तेल खाद्यान्नमा भएको मुल्यवृद्धिलाई हामीले टुृलुटुली हेरिरहन बाध्य छौं । यसलाई हामीले गम्भीर रुपमा लिएका छौं ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले भने अनुसार गर्नु सक्नु होला ?
अहिलेका सर्वाधिक चर्चित, जनप्रिय युवा नेता राजेन्द्र लिङदेनले कुनै कतै एक रुपैया मात्र भ्रष्टाचार गर्नु भनेको आमाको रगत पिउनु हो भनेर जुन अभिव्यक्ति दिनु भएको छ । अरु पार्टीका नेताहरुले यस्तो बोल्न सक्छन् ? विभिन्न वर्गको कोटा, गरिबीको आधार छुट्याउनु पर्छ भन्ने लिङ्देनको विचार समय र आजको आवश्यकता देखिन्छ । एउटा लिम्बुको छोराले हिन्दुधर्म बोक्नु र हिन्दु धर्म चािहन्छ भनेर आवाज उठाउनु यो गर्वको विषय हो । यसरी अरु हिड्न सक्छन् । मन्दिर जाने, टिका लगाउने, घण्टा पनि बजाउने तर चाहिने बेला हिन्दु धर्मको विपक्षमा भोट हाल्ने दोहोरो चरित्र प्रमुख दलका नेताहरुले देखाइरहेका छन् ।

राजतन्त्र फर्किएला ?
यति बेला अरु नेताहरु विभिन्न कारणले लुकि हिड्नु पर्ने तर पूर्व राजा ज्ञानेन्द्र शाह खुला रुपमा जनतामाझ जाँदा, मठ मन्दिरको दर्शन गर्दा जनताले राजाप्रति श्रद्धा व्यक्त गरिरहेका छन् ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी)लाई यहाँले कसरी हेर्नु भएको छ ?
एमसिसी अहिले संसदबाट पारित भयो, तर प्रमुख दलको कु विचारको कारण पारित भयो, साथै नेपाली राष्ट्रियता, नेपालको स्वाधिनता र नेपाली आमालाई बेच्न खोज्दछन्, भन्ने कुरा एमसिसीले प्रष्ट देखाइएको छ । सहयोग निस्वार्थ हुनुपर्नेमा विभिन्न सर्त राखेर अमेरिकी स्वार्थ अनुकुल हुने गरि एमसिसी पारित भयो, एमसिसी तिम्रो देशमा मेरो नियम र मैले भनेकै हुनुपर्छ भन्ने नियतले आएको छ । एमसिसीको विरोधमा देशव्यापी आन्दोलन हुने क्रम रोकिएको भने छैन ।

Facebook Comments Box