कम्पास बचतमा दिपेन्द्र गुरुङ्गको नेतृत्व

अर्थ
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । हालै एक कार्यक्रम विच कम्पास बचत तथा ऋण सहकारी संस्था लि. ले चौधौंैं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कुमारीगाल काठमाडौंमा सम्पन्न सो साधारण सभाले संस्थाको संचालक समितिको तर्फबाट निवर्तमान अध्यक्ष चन्द्र बहादुर गुरुङ्गद्वारा प्रस्तुत प्रतिबेदन, लेखा सुपरिवेक्षण समितिद्वारा प्रस्तुत प्रतिबेदन, आ.व. २०७८/०७९ को लेखा परिक्षण प्रतिबेदन, वासलात, नाफानोक्सान, हिसाब तथा नगद प्रवाह विवरण सम्बन्ध, आ.व. २०७९/०८० को लेखा परिक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्ध, आ.व. २०७९/०८० को वार्षिक योजना तथा बजेट सम्बन्ध, विनियम पुर्नलेखन सम्बन्ध, निर्वाचन सम्बन्ध, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनीधि चयन लगायत विषय उपर छलफल गरि आगामी आ.व. को लागि पारित गरेको छ ।

साधारण सभामा प्रस्तुत वासलात हिसाब अनुसार चालु आ.व. मा संस्थाको शेयर पूँजी १ करोड ४७ लाख ९९ हजार रुपैयाँ, जगेडा कोष ५० लाख ७७ हजार ३ सय ६९ रुपैयाँ ३० पैसा, वैधानिक तथा अन्य कोषहरु १८ लाख ८ हजार १ सय ७७ रुपैयाँ ६३ पैसा, बचत तथा निक्षेप दायित्व १० करोड ७२ लाख ३८ हजार ४ सय २५ रुपैयाँ ११ पैसा, बाह्रय ऋण सापटी ६६ लाख ७६ हजार ५ सय ३३ रुपैयाँ २४ पैसा, चालु दायित्व व्यवस्था २९ लाख ८३ हजार २ सय २४ रुपैयाँ ४१ पैसा, कर्जा नोक्सानी व्यवस्था ४० लाख २२ हजार ५ सय ५० रुपैयाँ ६५ पैसा, आयकर दायित्व २ लाख २५ हजार ६ सय ६२ रुपैयाँ ५४ पैसाको भएको छ भने चालु आ.व. मा संस्थाको जम्मा कारोबार दायित्व १४ करोड २८ लाख ३० हजार ९ सय ६२ रुपैयाँ ८८ पैसाको भएको छ ।
त्यसैगरि साधारण सभाले संस्थाको संचालक समितिको अध्यक्षमा दिपेन्द्र गुरुङ्गलाई निर्वाचित गरेको छ भने उपाध्यक्ष गोपाल गुरुङ्ग, सचिव चन्द्रबहादुर गुरुङ्ग तथा कोषाध्यक्षमा रुकु गुरुङ्गलाई निर्वाचित गरेको छ । संचालक सदस्य तर्फ मुना गुरुङ्ग, माया तामाङ र पासाङ लामा साधारण सभाले निर्वाचित गरेको छ । त्यसैगरी साधारण सभाले लेखा संयोजकमा पूर्ण बहादुर गुरुङ्गलाई निर्वाचित गरेको छ भने सदस्यहरुमा नारायण गुरुङ्ग र मान कुमारी गुरुङ्गलाई निर्वाचित गरेको छ । साथै साधारण सभामा संस्थामा उत्कृष्ट कारोबार गर्ने सदस्यहरुलाई सम्मान प्रदान गरिएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *