काठमाडौं । हालै एक वृहत कार्यक्रम गरि हसना भास्तिपुर बचत तथा ऋण सहकारी संस्था लि. ले चौधौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
सो संस्थाको सेवा केन्द्र बलम्बु हाईवे चन्द्रागिरिमा सम्पन्न साधारण सभाले संस्थाका अध्यक्ष नारायण कृष्ण महर्जनद्वारा प्रस्तुत आ.व. २०७८/०७९ को संस्थाको वार्षिक प्रतिवेदन, कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन, लेखा समितिद्वारा प्रस्तुत प्रतिवेदन, आ.व. २०७८/०७९ को लेखा परिक्षकको आर्थिक प्रतिवेदन, आ.व. २०७९/०८० को लेखा परिक्षक नियुक्ती तथा पारिश्रमिक तोक्ने सम्बन्ध, लाभांश वितरण तथा संरक्षित पूँजी फिर्ता सम्बन्ध, संस्थाको आन्तिरिक कार्यविधी तथा विभिन्न निती अनुमोदन सम्बन्ध, संस्थाको वार्षिक बजेट सम्बन्ध, संस्थाको विनियम संशोधन तथा संस्था मर्जर गर्ने सम्बन्ध, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनीधि चयन लगायत विषय उपर छलफल गरि आगामी आ.व. को लागि पारित गरेको छ ।
साधारण सभामा प्रमुख अतिथी रहनुभएको नेफ्स्कुनका कोषाध्यक्ष दिपक पनेरुले हसना भास्तिपुर साकोसको चौधौं वार्षिक साधारण सभालाई शुभकामना व्यक्त गर्दै वर्तमानमा सहकारीहरुमा केही आर्थिक असहजीकरण छाइरहँदा पनि हसना भास्तिपुर साकोसको आर्थिक प्रणालीमा सक्रियता तथा पूँजी बृद्धि रहनु गर्वको विषय रहेको बताउनु भयो । बजारमा हल्ला गरे झै सहकारीहरुमा त्यस्तो अवस्था नरहेको उदाहरण हसना भास्तिपुर साकोस रहेको पनेरुले औल्याउदै मुलुककै उदाहरणिय सहकरी भविष्यमा हसना भास्तिपुर साकोस बन्ने विश्वास व्यक्त गर्नुभयो । साधारण सभा भइरहँदा पनि कतिपयले संस्थामा शेयर राखिरहेको पक्ष देख्दा खुशी व्यक्त गर्नुहुदैँ । उहाँले संस्थामा आवद्ध ७ हजार सदस्यहरु प्रति लक्षित गरि हसना भास्तिपुर साकोसले यसरी सफलता प्राप्त गर्नु भनेको संचालक समितिको टिम तथा नेतृत्वको रचनात्मक तथा सकरात्मक पक्ष रहेको औल्याउनु भयो । आवश्यक्ता अनुसारको नीति कार्यक्रम शाखा विस्तार, सेवा सुबिधा लगायत विषयहरु हसना भास्तिपुर साकोसको सबल पक्ष रहेको पनेरुले बताउनु भयो ।
त्यसैगरि साधारण सभामा काठमाडौं जिल्ला बहुउद्देश्यीय संघ लि. का अध्यक्ष मनोज कुमार थापा, बलम्बुका द्वारे पूर्ण बहादुर महर्जन, गुरुआमा सल्लाहकार जमुना खत्री, संस्थाका उपाध्यक्ष नीरज नकर्मी, कोषाध्यक्ष राजमान महर्जन, संचालक सदस्य सुरेश महर्जन ,राजेन्द्र महर्जन, पत्रकार रामलाल श्रेष्ठ, ऋषीराम ढकाल लगायत व्यक्तित्वहरु अतिथीको आसनमा रहनु भएको थियो । यसैगरि साधारण सभामा प्रस्तुत वासलात हिसाब अनुसार चालु आ.व. मा संस्थाको पूँजी तथा जगेडा कोष ११ करोड ३८ लाख ८८ हजार १ सय ८४ रुपैयाँ ९९ पैसा, मध्यम तथा दीर्घकालिन ऋण ११ करोड ८६ लाख ८७ हजार ७ सय ६८ रुपैयाँ ९३ पैसा, बचत तथा निक्षेपहरु १ अर्ब ३१ करोड ९७ लाख १७ हजार ४ सय ६९ पैसा, कूल चालु दायित्व १२ करोड ४२ लाख १७ हजार १ सय ५८ रुपैयाँ ९८ पैसाको भएको छ भने संस्थाको कूल कारोबार १ अर्ब ६७ करोड ६६ लाख १० हजार ५ सय १३ रुपैयाँ ६० पैसाको भएको छ । त्यसैगरि साधारण सभामा विभिन्न प्रतियोगितामा भाग लिइ विजेता बनेकाहरुलाई पुरस्कार वितरण गरिएको थियो भने एस.इ.इ २०७८ मा उत्कृष्ट अंक ल्याउने मंगलदय मा.वि. थानकोट कि छात्रा प्रसुन्सा अधिकारी, प्रभात मा.वि. चेकपोष्टका छात्र प्रबिण श्रेष्ठलाई नगद सहित सम्मान प्रदान गरिएको थियो भने उसु खेलाडी संजीव महर्जनलाई पनि सम्मान गरिएको थियो । यसैगरि १० वर्ष काम गरि सकेकी कर्मचारी सुमनदेवी महर्जनलाई पनि सम्मान गरिनुका साथै कालिन्चोक भ्रमणका लागि राजेन्द्र महर्जनलाई चिठ्ठा परेको जानकारी गराइएको थियो । साथै उपस्थित अतिथिहरुलाई मायाको चिनो वितरण गरिएको थियो । साधारण सभाको दोस्रो सत्रमा विविध साँस्कृतिक कार्यक्रम समेत गरिएको थियो । साधारण सभा संस्थाका अध्यक्ष नारायण कृष्ण महर्जनको सभापतित्वमा सम्पन्न भएको थियो ।