काठमाडौं । हालै सनसाइन बहुउद्देश्यीय सहकारी संस्था लि. को तेइसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
कालिमाटी काठमाडौैंमा सम्पन्न सो साधारण सभाले संचालक समितिको तर्फबाट संस्थाका निर्वतमान अध्यक्ष मधु कक्षापतीद्वारा प्रस्तुत संस्थाको वार्षिक प्रतिवेदन, लेखा परिक्षक प्रतिवेदन, आ.व. २०७८/०७९ को नाफा नोक्सान हिसाब तथा वासलात सम्बन्ध, आ.व. २०७९/०८० को लेखा परिक्षक नियुक्ति तथा पारिश्रमिक तोक्ने सम्बन्ध, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनीधि चयन, निर्वाचन सम्बन्ध लगायत विषय उपर छलफल गरि आगामी आ.व. को लागि पारित गरेको छ ।
साधारण सभामा प्रस्तुत गरिएको वासलात हिसाब अनुसार चालु आ.व. मा संस्थाको शेयर पूँजी १ करोड १५ लाख ४५ हजार रुपैयाँ, जगेडा कोष ९१ लाख ३४ हजार ५ सय ६८ रुपैयाँ ६६ पैसा, अन्य कोष २९ लाख ९४ हजार ६ सय ४४ रुपैयाँ ८७ पैसा, निक्षेप हिसाब तथा सापटी २२ करोड ११ लाख ५५ हजार २ सय ३३ रुपैयाँ २१ पैसा, भुक्तिानी दिनु पर्ने हिसाब ११ करोड ४३ लाख ३९ हजार ८३ रुपैयाँ ४२ पैसा, नाफा नोक्सान हिसाब ५ करोड ४१ लाख १ हजार ५ सय ७९ रुपैयाँ २० पैसाको भएको छ भने, चालु आ.व. मा संस्थाको कूल पूँजी तथा दायित्व ३० करोड ८७ लाख ५६ हजार ९ सय ५० रुपैयाँ ९६ पैसाको भएको छ ।
साथै साधारण सभाले आगामी कार्यकालको लागि संचालक समितिको अध्यक्षमा किशोर गुरुङलाई निर्वाचित गरेको छ भने संचालक तथा लेखा समितिको अन्य पदाधिकारीहरु समेत सो साधारण सभाले निर्वाचित गरेको छ । साधारण सभा अन्य विविध कार्यक्रमको साथमा सम्पन्न भएको थियो ।