समानुपातिकतर्फ ९५ लाख मत गन्दा कुन दललाई कति ?

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । गत मंसिर ४ गते भएको आम निर्वाचनको मतगणना जारी छ । प्रतिनिधिसभाको समानुपातिकतर्फको आज (मंगलबार) बिहान ६ बजेसम्म कुल ९४ लाख ९१ हजार ६२२ मत गणना हुँदा नेकपा एमालेको अग्रता कायमै छ । एमालेले २५ लाख ८४ हजार १९२ मत प्राप्त गरी पहिलो स्थानमा कायम राखेको हो ।

त्यस्तै नेपाली कांग्रेसले २४ लाख ५२ हजार ०८३ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहि एमालेलाई पछ्याइरहेको छ त्यसैगरी नेकपा (माओवादी केन्द्र)ले ११ लाख ६४७ मतका साथ तेस्रो स्थानमा रहेको छ ।

नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७१ हजार २५९ मत प्राप्त​ गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ५१ हजार १०७ मत पाएको छ । जनता समाजवादी पार्टी, नेपालले ३ लाख ५७ हजार ४६४ मत प्राप्त गर्दै राष्ट्रिय दल बन्न सफल बन्दा जनमत पार्टी २ लाख ९९ हजार ७८३ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) २ लाख ६४ हजार ४७२ मतका साथ राष्ट्रिय दल बन्न संघर्ष गरिरहेका छन् ।

नागरिक उन्मुक्ति पार्टीले २ लाख ४५ हजार १७९ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख ३० हजार ४५६ मत प्राप्त गर्दा अन्य दलले एक लाख मत कटाउन सकेका छैनन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *