सम्झना बहुउद्देश्यीयको तीसौं वार्षिक साधारण सभा सम्पन्न

अर्थ
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । सम्झना बहुउद्देश्यीय सहकारी संस्था लि. ले तीसौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । जमल काठमाडौंमा सम्पन्न सो साधारण सभाले संस्थाको संचालक समितिको तर्फबाट अध्यक्ष खोमदत्त बरालद्वारा प्रस्तुत प्रतिवेदन २०७९, लेखा समितिको प्रतिवेदन, लेखा परिक्षकको प्रतिवेदन, आ.व. २०७८/०७९ को वासलात तथा आय व्यय विवरण, आ.व. २०७९/०८० को लेखा परिक्षक नियुक्ती तथा पारिश्रमिक तोक्ने सम्बन्ध, लाभांश वितरण सम्बन्ध, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनीधि चयन लगायत विषय उपर छलफल गरि आगामी आ.व. को लागि पारित गरेको छ ।
साधारण सभामा प्रस्तुत वासलात हिसाब अनुसार चालु आ.व. मा पूँजी तथा दायित्व तर्फ शेयर पूँजी ५ करोड २१ लख १० हजार रुपैयाँ, कोष हिसाब ५ करोड १९ लाख ४९ हजार ६ सय ५९ रुपैयाँ ६१ पैसा, बचत तथा निक्षेप ५१ करोड ३६ लाख ५७ हजार ८ सय ८ रुपैयाँ ४३ पैसा, चालु दायित्व तथा व्यवस्था ५ करोड ३५ लाख ९ हजार ७ सय ३३ रुपैयाँ ६० पैसा, कर दायित्व १७ लाख ८९ हजार ४ सय ७८ रुपैयाँ, दिर्घकालिन दायित्व ४२ लाख रुपैयाँको भएको छ भने सम्पत्ति तथा जायजेथा तर्फ नगद मौज्दात ४६ लाख ७१ हजार ६ सय २७ रुपैयाँ ७ पैसा, बैंक मौज्दात ६ करोड १२ लाख ६० हजार २ सय १५ रुपैयाँ ४२ पैसा, लगानी हिसाब ३ करोड ९२ लाख ६६ हजार ६ सय रुपैयाँ, कर्जा तथा सापटी लगानी ४९ करोड १६ लाख ३१ हजार ३ सय ४ रुपैयाँ, चालु सम्पत्ति ३ करोड ६८ लाख ९४ हजार ७ सय ८ रुपैयाँ १६ पैसा, स्थिर सम्पत्ति ३ करोड ८३ लाख ९९ हजार ४ सय ८० रुपैयाँ ९९ पैसा, अन्य दिर्घकालिन सम्पत्ति ५० लाख ९२ हजार ७ सय ४४ रुपैयाँ को भएको छ । त्यसैगरि चालु आ.व. मा संस्थाको कूल कारोबार ६७ करोड ७२ लाख १६ हजार ६ सय ७९ रुपैयाँ ६४ पैसाको भएको छ । साथै अन्य विविध कार्यक्रम गरि संस्थाका अध्यक्ष खोमदत्त बरालको सभापतित्वमा साधारण सभा सम्पन्न भएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *