काठमाडाैँ- नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठक मंगलबार पोखरामा बस्दै छ। क्यानको संस्थापन पक्षले बैठकका १७ एजेन्डा सार्वजानिक गरेको छ। असन्तुष्ट ७ केन्द्रीय सदस्य भने क्यान नेतृत्वपंक्तिको राजीनामा माग्ने तयारीमा रहेको छ।
क्यान केन्द्रीय सदस्य ऋषिराम गौतमले भने, ‘हाम्रो एकसुत्रीय माग भनेको क्यानको शीर्ष तहले राजीनामा गरेर बाटो छोड्नु पर्याे भन्ने हो’, उनले भने, ‘लगातारको असफलताको जिम्मा सिंगो क्यानले लिन सक्दैन। नेतृत्वपंक्तिले आफ्नो गल्ती स्विकारिसकेकाले अब राजीनामा दिएर मार्ग प्रस्तुत गर्नुपर्छ।’
क्यान बोर्ड बैठकमा १७ वटा एजेन्डामा छलफल हुँदै छन्। जसमध्ये मुख्य एजेन्डा नेपाल टी-२० लिगका विषयमा सार्वजनिक प्रतिवेदनहरू साथै प्रतियोगितासम्बन्धी सेभेन थ्री स्पोर्टससँग भएका विषयहरू समेत छलफलका एजेन्डाका रूपमा रहने छन्।
त्यस्तै, बलात्कार आरोपमा निलम्बनमा रहेका पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवाको विषयमा पनि छलफल हुने छ। राष्ट्रिय महिला तथा पुरुष खेलाडीको करार सम्बन्धमा समेत छलफल हुनेछ।
यस्ता छन् बैठकका एजेन्डा: