मेगा ड्रिम बहुउद्देश्यीयको बाह्रौं साधारण सभा सम्पन्न

अर्थ
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्था लि. ले हालै बाह्रौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । गोंगबु काठमाडौंमा सम्पन्न सो साधारण सभाले संचालक समितिको तर्फबाट संस्थाका अध्यक्ष महाशंकर रेग्मीद्वारा प्रस्तुत आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिद्वारा प्रस्तुत आ.व. २०७८/०७९ को लेखा सुपरिवेक्षेण समितिद्वारा प्रस्तुत प्रतिवेदन, चालु आ.व. २०७८/०७९ को नीति, अनुमानित बजेट तथा कार्ययोजना सम्बन्ध, चालु आ.व. २०७८/०७९ को आयव्याय सम्बन्ध, आ.व. २०७८/०७९ को कोषको बाँडफाँड सम्बन्ध, चालु आ.व. २०७९/०८० को लागि लेखा परिक्षक नियुक्ति तथा पारिश्रमिक तोक्ने सम्बन्ध, संस्था एकीकरण विनियम संशोधन सम्बन्ध, संस्थाको नाममा रहेको सम्पति विक्री गर्ने सम्बन्ध, चालु आ.व. २०७८/०७९ मा संस्थाको संचालक समितिले गरेको निर्णय अनुमोदन सम्बन्ध साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनीधि चयन लगायत विषय उपर छलफल गरि आगामी आ.व. को लागि पारित गरेको छ ।

साधारण सभामा प्रस्तुत वासलात हिसाब अनुसार चालु आ.व. मा संस्थाको शेयर पूँजी १६ करोड ४५ लाख १ हजार ५ सय रुपैयाँ, कोष हिसाब ५ करोड ५२ लाख ५ हजार ८ सय ५९ रुपैयाँ ४४ पैसा, बाहय ऋण तथा सापटी १५ करोड ३० लाख १७ हजार ५ सय ६६ रुपैयाँ ५४ पैसा, कर्जा जोखिम कोष ९ करोड २८ लाख ३० हजार ७ सय ६३ रुपैयाँ २१ पैसा, निक्षेप दायित्व १ अर्ब ७४ करोड १५ लाख २७ हजार ५ सय ८५ रुपैयाँ ५७ पैसा, चालु दायित्व तथा व्यवस्था ४ करोड ९७ लाख ११ हजार १ सय ८७ रुपैयाँ १९ पैसा, सहकारी विकास कोष २४ लाख ९५ हजार २ सय ८० रुपैयाँ को भएको छ भने चालु आ.व. मा संस्थाको जम्मा करोबार २ अर्ब २५ करोड ९२ लाख ८९ हजार ७ सय ४१ रुपैयाँ ९६ पैसाको भएको छ । साथै साधारण सभा अन्य विविध कार्यक्रमको साथमा सम्पन्न भएको थियो ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *