नवौ राष्ट्रिय खेलकुद अन्तर्गत ५३ ओैं राष्ट्रिय कराते प्रतियोगिता को दोश्रो दिन ( असोज ३० ) सम्म ४ स्वर्णको टुङ्गो लागिसकेको छ । जस अन्तर्गत महिला -५५ किलो तौल समुहमा नेपाल प्रहरीकी सोनी राई ले स्वर्ण दिलाए । त्यसैगरि नेपाली सेनाकी अनु अधिकारी ले -६१ किलो मा,पुरुष तर्फ -७५ किलोमा नेपाल प्रहरीका गंगाराम कुसुवारले र ८४ किलो भन्दा माथि तौल समुहमा नेपाल प्रहरीका बिप्लव लाल श्रेष्ठ ले स्वर्ण दिलाए । उक्त प्रतिस्पर्धाहरुमा महिला -५५ किलोमा प्रदेश -१ का बिध्याकला राई दोश्रो,अनु गुरुङ्ग गण्डकी तेश्रो र शसस्त्रकी मनिषा चौधरी तेश्रो भए ।त्यसैगरि महिलाकै -६१ किलोमा नेपाल प्रहरीकी अर्मिला डिसी दोश्रो ,शसस्त्रकी ऐस्तर राई र लुम्बिनीकी रविना घर्ती मगर तेश्रो भए ।
पुरुषको – ७५ किलोमा गण्डकी का प्रतिक घर्ती मगर दोश्रो हुदा बागमतीका रोशन बलामी र प्रदेश १ का रुविहाङ राईले तेश्रो स्थानमा चित्त बुझाए । त्यसैगरि पुरुष ८४ किलो भन्दा माथि तौल समुहमा नेपाली सेनाका बिपिन राज सिह दर्जी दोश्रो भए भने शसस्त्रका दिगम्वर प्रसाद पन्त र लुम्विनीका नारायण गुरुङ्गले तेश्रो हुन सफल भए । हाल सम्म ७ स्वर्णको टुंगो लागिसकेको छ भने बाकी १० स्वर्णका निम्ति निरन्तर प्रतिस्पर्धा भईरहेको ५३ ओै राष्ट्रिय कराते प्रतियोगिताका प्रचार प्रसार प्रमुख तथा नेपाल सितोरियो कराते संघका प्रवक्ता गजेन्द्र बहादुर खपाङ्गी’ईश्वर’ ले जानकारी गराउनुभयो । प्रतियोगितामा ७ प्रदेश,३ बिभागिय टिम गरि कुल १७ स्वर्णका निम्ति प्रतिस्पर्धा गरिरहेका छन । प्रतियोगिता कार्तिक २ गतेसम्म निरन्तर सन्चालन हुनेछ ।