नेपाल विश्वकप छनोटमा पुग्न सफल

खेलकुद मुख्य समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान बनाएको छ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको अन्तिम खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) लाई पराजित गर्दै नेपाल विश्वकप छनोटमा पुगेको हो ।

नेपालले डिएल मेथडबाट यूएईलाई ९ रनले पछि पार्‍यो । नेपालले ३ सय ११ रनको लक्ष्य पछ्याउँदै गर्दा ४४ ओभरमा ६ विकेट गुमाएर २ सय ६९ रन जोडेको अवस्थामा खेल डिएल मेथडमा गएको थियो । खराब प्रकाशका कारण खेल डिएल मेथडमा गएको थियो । यससँगै नेपालले आगमी जुन जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोटमा सिधैं स्थान बनाएको छ । नेपालले अन्तिम १२ मध्ये ११ खेल जितेकाे छ ।

नेपाललाई जित दिलाउन गुल्सन झाले रनको ५० रनको योगदान गरे ।आरिफ शेखले ५२ रन, भिम सार्कीले ६७ रन तथा कुशल भुर्तेलले ५० रन बनाए । कप्तान रोहित पौडेल १६ रन, कुशल मल्ल ५ रन तथा आशिफ शेख शून्य रनमा आउट भए ।

युएईका जुनैद सिद्दिकीले ३ तथा आयान अफजल खानले २ विकेट लिए । जाहुर खानले १ विकेट हात पारे । यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनायो ।

युएईका लागि कीर्तिमानी ४१ बलमा शतक पूरा गरेका आसिफ खानले ४२ बलमा १ सय १ रन जोडे । उनले ११ छक्का ४ चौका हिर्काए । युएईका लागि भृत्य अरविन्दले ९४ रन बनाए । कप्तान मुहम्मद वासिमले ४९ बलमा २ चौका र ६ छक्काको मदतमा ६३ रनको योगदान गरे । रोहन मुस्तफाले २० रन, आर्यन लाकरा ६ रन तथा चुन्डानगापोयिल रिजवान ७ रनमा आउट भए । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले २ तथा सोमपाल कामी, सन्दीप लामिछाने र ललित राजवंशी १-१ विकेट हात पारे ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *