नयाँ राष्ट्रपति र जनअपेक्षा

प्रदेश ३
खवर पाटी (खोज खबरको अभियान)

दिनेश दास श्रेष्ठ
मुलुकले नयाँ राष्ट्रपति पाएको छ । काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रायश ः सबै दलको सहयोगमा मुलुकको तेस्रो राष्ट्रपति बन्नु भएको छ । राष्ट्रपति पौडेलबाट जनताले धेरै राम्रो अपेक्षा गरेका छन् । पौडेलबाट अब निष्पक्ष भूमिका निवाह हुनेमा आम जनता विश्वस्त बनिरहेका छन् । नेपालको राष्ष्ट्रपति कार्यकारी नभए पनि जनतामा राष्ट्रपतिप्रति मोह बढ्दै गएको छ । राष्ट्रपति स्वतन्त्र हुने भएकोले कुनै पनि राष्ट्रपतिबाट स्वतन्त्र भूमिका निर्वाह गर्ने कुरामा सबै विस्वस्थ छन् । त्यस माथि स्वच्छ छवि भएका इमान्दार राजनेता रहि सक्नु भएका राष्ट्रपति रामचन्द्र पौडेलले अब देशमा व्याप्त भएको भष्टाचार निवारण गर्न आफ्नो तर्फबाट विशेष भूमिका निर्वाह गर्नु हुनेछ । भष्टाचारले गर्दा देशमा विकृति विसंगति भएको हो । त्यसैले भष्टाचार निवारण गर्न के प्रधानमन्त्री, के राष्ट्रपति, सबैबाट साझा पहल आवश्यक छ । त्यसो त राष्ट्रपति पौडेलले देश र जनताको अहित हुने गरी कुनै काम हुने छैन, त्यसलाई अन्यथा नमाने हुन्छ ।
रामचन्द्र पौडेल काग्रेसको पृष्ठभूमिबाटआएकाले राष्ट्रपतिबाट काग्रेस परस्त गतिविधि त हुने होइन भनि आम जनसमुदाय सशंकित छन् । राष्ट्रपति निष्पक्ष भए नै राम्रो । जनताले पनि निष्पक्ष राष्ट्रपति चाहिरहेका छन्, यसै मेसोमा भन्नु पर्दा राष्ट्रपति रामचन्द्र पौडेलले असल अभिभावकीय नेतृत्व दिएर यो पाँच वर्षे कार्यकाल विताउनु हुने छ भनेर विश्वास लिनु पर्छ ।

यो पाँच वर्ष सरकारहरु फेरिन सक्छ, तर राष्ट्रपतिले भने निरन्तरता पाइरहनु हुनेछ भन्ने विश्वास लिनु पर्छ । सुरक्षाको दृष्टिकोणले पनि राष्ट्रपति आव्रmसक पद हो । यहाँ पुग्न सबैलाइ मन हुन्छ । यस पटक भने राष्ट्रपति बन्न धेरैले मोह राखे तर राष्ट्रपति बन्न रामचन्द्र पौडेल राष्ट्रपति बन्न लायक व्यक्तित्व हुनु हुन्छ । अहिलेसम्मको राजनितिको आरोह अवरोहमा कहिल्यै भष्टाचारमा नमुछिएको स्वच्छ छवि भएको राजनेताको रुपमा पौडेललाइ लिइन्थ्यो । अब रामचन्द्र पौडेलले त्यो छविलाइ धुमिलाउने कुनै पनि काम गर्नु हुन्न । ुरामचन्द्र पौडेल जस्तो मान्छे राष्ट्रपति हुनु पर्छ ुभनेर भविष्यलाइ पनि बाटो देखाउन पौडेलले व्यवहार देखाउनु पर्छ । राष्ट्रपति त स्वतन्त्र पद हो , राष्ट्रपति भए पछि उसको कुनै दल हुदैन । त्यसैले रामचन्द्र पौडेलको व्यवहार निडर र निष्पक्ष हुनु आवश्यक देख्छु । संविधानमा राष्ट्रपतिले यो यो गर भनेर लेखेकै छ । त्यसैले राष्ट्रपति रामचन्द्र पौडेलको यो कार्यकाल सफल वितोस् यहि हार्दिक शुभकामना छ ।
(लेखक श्रेष्ठ, निरन्तर विकास संघ – नेपालका संस्थापक अध्यक्ष हुनुहुन्छ)

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *