काठमाडौं । अभिन्न बहुउद्देश्यीय सहकारी संस्था लि. ले हालै आफ्नो बाह्रौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
महालक्ष्मीस्थान ललितपुरमा सम्पन्न सो साधारण सभाले संचालक समितिको तर्फबाट संस्थाका अध्यक्ष दिपेन्द्र सिंखडाद्वारा प्रस्तुत संस्थाको वार्षिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, आ.व. २०७९/०८० र २०८०/०८१ को बजेट सम्बन्ध, लाभांश आ.व. २०७९/०८० को लेखा परिक्षक नियुक्ती तथा पारिश्रमिक तोक्ने सम्बन्ध, संस्थाको विनियम शंसोधन तथा संस्था एकीकरण सम्बन्ध, संचालक समितिको बैठकले गरेको निर्णय अनुमोदन सम्बन्ध, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनीधि चयन लगायत विषय उपर छलफल गरि आगामी आ.व. को लागि पारित गरेको छ ।
साधारण सभामा प्रस्तुत वासलात हिसाब अनुसार चालु आ.व. मा संस्थाको शेयर पूँजी ३ करोड ६९ लाख ५५ हजार ५ सय रुपैयाँ, कोष हिसाब ३ करोड ६३ लाख ५५ हजार ६ सय ८५ रुपैयाँ, बचत तथा निक्षेप १९ करोड ५३ लाख २५ हजार ६ सय ५५ रुपैयाँ, ऋण सापटी २० करोड ८३ लाख ७७ हजार ७ सय ९३ रुपैयाँ, चालु दायित्व १ करोड ४२ लाख ८१ हजार २ सय ६३ रुपैयाँ, आयकर दायित्व १७ लाख ८१ हजार ४ सय ७० रुपैयाँको भएको छ भने चालु आ.व. मा संस्थाको जम्मा कारोबार ४९ करोड ३० लाख ७७ हजार ३ सय ६६ रुपैयाँको भएको छ । साथै साधारण सभा अन्य विविध कार्यक्रमको साथमा संस्थाका अध्यक्ष दिपेन्द्र सिंखडाको सभापतित्वमा सम्पन्न भएको थियो ।
Facebook Comments Box