शेयर बजारमा ४३ अंकको वृद्धि

अर्थ
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ – साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ। आइतबार नेप्से परिसूचक ४३.२० अंकले बढेर १९६५.३६ बिन्दुमा पुगेको छ। त्यस्तै सेन्सेटिभ इण्डेक्स ८.०९ अंक, फ्लोट इण्डेक्स २.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.१६ अंकले बढेको छ।

कारोबारमा आएका २२८ कम्पनीको ३९ लाख १३ हजार कित्ता शेयर १ अर्ब ५४ करोड ८० लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि बढेको छ।

आइतबार नेप्सेका १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने म्युचुअल फण्ड उपसमूहको परिसूचक भने ०.०५ प्रतिशत घटेको छ। कारोबारमा आएको जलविद्युत उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

आइतबार ४ कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा मानुषी लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, नेष्डो समृद्ध लघुवित्त र उपकार लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

त्यस्तै, उन्नती सहकार्य लघुवित्त र मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ। आइतबार नेष्डो समृद्ध लघुवित्तको १० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *