१४ जना रङ्गेहात पक्राउ, सुर्खेतमा एक वर्षको अवधिमा १३ लाख ४१ हजार घुस बरामद

खवर पाटी (खोज खबरको अभियान)

वीरेन्द्रनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले आर्थिक वर्ष २०७६/७७ मा १४ जनालाई रङ्गेहात पक्राउ गरेको छ ।

अघिल्लो आवमा चार जनालाई रङ्गेहात पक्राउ गरी कारवाहीको दायरामा ल्याइएको कार्यालयले जनाएको छ । कार्यालय सुर्खेतले एक वर्षको अवधिमा रु १३ लाख ४१ हजार घुस बरामद गरेको छ ।

आव २०७६/७७ मा सो रकम घुस बरामद गरेको कार्यालयले जनाएको छ । यो रकम अघिल्लो आवको भन्दा बढी हो । आव २०७५/७६ मा चार लाख ४७ हजार रकम घुस बरामद गरेको थियो ।

Facebook Comments Box