यो पूर्ण वियोगान्त देउडा गीत हो’ फुलारा

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं २४ वैशाख । युवा लेखक एवं गीतकार भीष्मराज फुलाराद्वारा रचित नयाँ लोक देउडा गीत ‘साइनो मिटाइ गई…’ सार्वजनिक भएको छ । फुलारा लिटरेचर फाउण्डेशन नेपालको प्रस्तुती रहेको उक्त गीतमा वरिष्ट देउडा गायक दिपेन्द्र प्रसाद दाहाल र चर्चित गायिका टिका पुनको स्वर, दिपेन्द्र प्रसाद दाहालकै संगीत र भुवन प्रसाद बडुको संगीत संयोजन रहेको देउडा गीतको म्यूजिक भिडियो लेखक फुलाराको आफ्नै आधारिकारीक युट्यूव च्यानल फुलारा ईन्टरटेनमेन्ट नेटवर्क मार्पmत सार्वजनिक गरिएको हो । ‘बासु डि. फुलारा पि.सी.’को सहकार्यमा निर्माण गरिएको उक्त देउडा गीतको दृश्य निर्माण ‘जुम प्रोडक्सन’ र रेकर्डिङ विग परिवेश स्टुडियो अनामनगरमा भएको हो । रमेश बिजुली बि.सी.द्वारा निर्देशित सो म्यूजिक भिडियोमा ध्वनी मिश्रण जिवन बडु, अभिनय तर्फ चर्चित कलाकारहरु झरना बोहरा, सौगात ओझा र बिर बहादुर बोहरा रहेका छन् । त्यसैगरी छायाँङ्कनमा अमृत उपाध्याय, सम्पादनमा शंकर साउद, कलर संयोजनमा गणेश साउद र मेकअपमा निशा बोहराले गीतलाई थप आकर्षित बनाएका छन् । नेपाली समाजमा जातीय विभेदका कारण मायाप्रेममा चुर्लुम्म डुबेका युवावर्गहरुलाई समाज र परिवारका कारणले छुट्टिन बाध्य भएका घट्नाहरुलाई जोडेर यो गीत रचना गरेको हुँ, ‘यो पूर्ण वियोगान्त देउडा गीत हो’ फुलाराले भने ।

https://www.youtube.com/watch?v=vLem-mfH

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *