१२ अंकले घट्यो नेप्से, ३ कम्पनीमा सर्किट ब्रेकर

अर्थ
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ – साताको चौथो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बुधबार, नेप्से परिसूचक १२.८१ अंकले घटेर १८४५.५१ अंक विन्दुमा आइपुगेको छ । सोमबार सामान्य अंकले घटेको बजार मंगलबार बन्द रहेको बजार बुधबार पुन: घटेको हो ।

आज २१ लाख ५१ हजारको कित्ता सेयर ६४ करोड ३६ लाखमा खरिद बिक्री भएको छ । त्यस्तै, उप-समूहतर्फ होटल एण्ड टुरिजम र म्युचुअल फण्ड बाहेक सबै कम्पनीहरूमा राताम्मे देखिएको छ । आज २३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १५८ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

 

त्यसैगरि, अभियान लघुवित्तको सेयरमा १० प्रतिशत, सयपत्री हाइड्रोपावर ९.९९ प्रतिशत र सिटिजन्स म्युचुअल फण्ड–२ मा ९.९४ प्रतिशतको सर्किट लागेको छ । आज सोल्टी होटलको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३ करोड ७२ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यसैगरि, नबिल बैंकको २ करोड ४१ लाख, रिदि पावरको २ करोड ३३ लाख, हिमालयन डिस्टिलरीको १ करोड ८६ लाख र एनआईसी एशिया बैंक १ करोड ४४ लाख रूपैयाँमाथिको कारोबार भएको छ ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *