राप्रपाका कार्यकर्तालाई लिङ्देनको चेतावनी,भोट नहाले बर्खास्त

राजनीति समाचार
खवर पाटी (खोज खबरको अभियान)

झापा- राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा एमालेसँगको तालमेलविपरीत आफ्नो दलका कार्यकर्ताले भोट हालेमा पार्टीबाट बर्खास्त गरिने चेतावनी दिएका छन्।

झापाको मेचीनगरमा एमाले र राप्रपाको संयुक्त अगुवा कार्यकर्ता भेलामा लिङ्देनले सो निर्देशन दिएका हुन्। उनले भने, ‘राप्रपाका कार्यकर्ताले सूर्यमा भोट हाल्नु ठाउँमा हाल्नुस्। नत्र मंसिर ४ पछि तपाईं राप्रपाको कार्यकर्ता बन्नु हुनेछैन।’

लिङ्देन झापा ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन्। त्यहाँ एमालेले लिङ्देनलाई समर्थन गरेको छ। ओली झापा ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन्। त्यहाँ राप्रपाले एमालेलाई समर्थन गरेको छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *