भोलिदेखि इन्धनमा स्वचालित मूल्य लागु गरिँदै

अर्थ समाचार
खवर पाटी (खोज खबरको अभियान)

पाल आयल निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य (अटोप्राइस) प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने भएको छ । प्रभावकारी रूपमा कार्यान्वयनमा आउन नसकेको स्वचालित मूल्य पूर्ण रूपमा कार्यान्वयन गर्न लागिएको हो ।

सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समेत स्वचालित मूल्य प्रणाली लागु गर्ने उल्लेख गरे पनि कार्यान्वयनमा आउन सकेको थिएन । निगमले २०७१ सालदेखि इन्धनमा स्वचालित मूल्य प्रणाली लागु गरे पनि स्वचालित मूल्य कार्यान्वयनमा आउन सकेको थिएन । 

साउन महिनादेखि स्वचालित मूल्य प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने निगमले जनाएको छ । स्वचालित मूल्य भनेको अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढ्ने र घट्दा घट्ने हुन्छ । डिजेल, पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्यासमा समेत स्वचालित मूल्य लागु गरिने निगमले जनाएको छ ।

यसअघि पूर्ण रूपमा मूल्य घट्दा नघटाउने र बढ्दा मात्र बढाउने गर्दा प्रभावकारी रूपमा कार्यान्वयनमा आउन सकेको थिएन । २०७१ सालमा निगम ३६ अर्ब ऋणमा रहेको थियो । त्यसपछि क्रमिक रूपमा अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दै गएपछि निगम ऋण चुक्ता गर्न सफल भएको थियो । 

नाफा हुँदा पनि इन्धनमा न्यून मूल्य घटाउँदा त्यसको मारमा उपभोक्ता पर्ने गरेका छन् । हाल बजारमा पेट्रोल प्रतिलिटर १७० रुपैयाँ, डिजेल र मटितेल १५० रुपैयाँ, हवाई इन्धन प्रतिलिटर १३६ रुपैयाँ र खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर एक हजार आठ सय रुपैयाँ रहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *