सहकारी पीडितको प्रदर्शन, पाँच जना पक्राउ

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ । रकम फिर्ता माग गर्दै सहकारी पीडित बचतकर्ता महासङ्घ सङ्घर्ष समिति नेपालले आज माइतीघर देखि बानेश्वरसम्म विशाल प्रदर्शन गरेको छ । आइतबार बिहानदेखि नै प्रदर्शन गरिरहेका उनीहरूमध्ये पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

आफूहरूले बचत गरेको रकमको व्याज, बोनस मात्र नभएर मूलधन नै जोखिममा परेको भन्दै सहकारी लगानीकर्ताहरू ४५ दिनदेखि माइतीघरमा आएर विभिन्न विरोधका कार्यक्रमहरू गरिरहेका छन्।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *